Logo
Logo

चार विद्यार्थीको गालामा पन्यु तताएर डाम्ने प्रिन्सिपलकी छोरी पक्राउ


2.6k
Shares

काठमाडौं । तनहुँमा पन्यु तताएर ४ विद्यार्थीको गालामा डाम्ने प्रिन्सिपलकी छोरीलाई प्रहरीले पक्राउ गरेको छ । भिमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल प्रिन्सिपलकी छोरी सुषमा श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले कक्षा ४ मा अध्ययनरत १० वर्षीय प्रमिश परियारसहित चार जना विद्यार्थीलाई तातो पन्युले गालामा डामेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए ।

तातो पन्युले डामिएका विद्यार्थीको गालामा पन्युको छाप बसेको छ । कक्षाकोठामा विद्यार्थीले होहल्ला गरेको र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले पन्युले डामेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको थापाले बताए ।

अनुसन्धानका क्रममा शिक्षिकाले आवेशमा आएर आफूले गल्ती गरेको स्वीकारेको प्रहरीको भनाइ छ । यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्