काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

मध्याह्न १२ बजे समितिकै कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड)बारे छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, आजै राज्य व्यवस्था तथा सुशासन समितिको पनि बैठक बस्दैछ। राज्य व्यवस्था समितिको बैठक मध्याह्न १२ः३० बजे बस्ने तय भएको संसद सचिवालयले जानकारी दिएको छ ।
आजको उक्त बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।