Logo
Logo

गणेशमान र मदन भण्डारी !


- माथवरसिंह बस्नेत


एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई युरो–कम्युनिजमको अवधारणा, नेपाली राजनीतिमा लागू गर्ने प्रथम प्रयोक्ताका रुपमा याद गरिने भविष्यवाणी अरुको होइन, निर्दलीय पंचायत व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनस्थापनाको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको थियो । उनको त्यस्तो वैचारिक प्रक्षेपण त्यस बेला भएको थियो, जुन बेला विश्वभरि कम्युनिष्ट आन्दोलन ओरालोमा थियो । तर नेपालमा भने अग्रगामी थियो । सोभियतसंघको विघटन तथा चिनियाँ मोडेलमा पनि तियानमेन चोकको घटनाको छायाँ परेकाले विश्व कम्युनिष्ट आन्दोलन अनिश्चित, भविष्यको मजधारमा गोता खाइरहेको थियो । त्यस्तो अवस्थामा बहुदलीय व्यवस्थामा आधारित युरो–कम्युनिजम, माक्र्सवादको पुनर्जागरणको द्योतक बन्नसक्ने विश्लेषण गरेर निराशालाई उज्यालो भविष्यतर्फ मोड्ने प्रयास पनि चलिरहेको थियो । त्यस्तो चिन्तनलाई तार्किक निष्कर्षमा पु¥याउने कसरतमा लागेका नेताहरुमा मदन भण्डारी, प्रमुख थिए । उनी प्रखर वक्ता मात्र थिएनन्, राजनीतिलाई नयाँ दिशामा मोड्ने सामथ्र्य राख्ने चिन्तनशील तथा दुरदर्शी नेता पनि थिए ।

लामो भूमिगत अवस्थाबाट नेपाली राजनीतिमा उल्कापात बनेर प्रकट भएका मदन भण्डारीसमक्ष नेपालका असंख्य टुक्रामा विभाजित कम्युनिष्टहरुलाई एकतृत तुल्याएर एउटा सशक्त कम्युनिष्ट पार्टी निर्माणको ठूलो चुनौती थियो । नेकपा– एमाले, एकिकृत माक्र्सवादी लेनिनवादीको गठन गरेर उनले त्यसको जग मात्र बसालेनन्, प्रतिनिधिसभाको २०४८ को निर्वाचनमा दोश्रो ठूलो दलका रुपमा एमालेलाई स्थापित गरेर भविष्यमा कम्युनिष्ट नेतृत्वको सरकार निर्माणको ढोका पनि खोलिदिएका थिए । उनका हातमा त्यस्तो अद्भुत जादूको छडी थमाउने प्रेरक व्यक्तित्व भने गणेशमान सिंह थिए । सर्वमान्य नेता सिंहकै पहल र प्रयासबाट जनआन्दोलनको पूर्वसन्ध्यामा संयुक्त वाममोर्चा गठन हुन सकेको थियो, जसले भविष्यको एमाले पार्टी निर्माणको पृष्ठभूमि तयार पारिदिएको थियो ।

कार्ल माक्र्सकै जीवनकालमा कम्युनिष्ट पार्टीले प्रतिक्रियावादी तथा पूँजिवादी प्रजातान्त्रिक शासन व्यवस्थालाई बलपूर्वक हटाएर सर्वहारा वर्गको तानाशाहीका नाममा कम्युनिष्ट पार्टीको एक दलीय अधिनायकवाद स्थापना गर्ने घोषणापत्रको युरोपका कम्युनिष्ट बुद्धिजीवीहरुले विरोध गरेका थिए र बहुदलीय प्रजातन्त्रको माध्यमलाई कम्युनिष्टहरुले निषेध गर्न हुन्न भन्ने पक्षमा जनमत बन्दै गएको थियो । उनीहरुले बहुदलीय प्रतिस्पर्धाका माध्यमबाट पनि कम्युनिष्ट सरकार स्थापना गरेर समाजवादी आर्थिक कार्यक्रम लागू गर्न सकिन्छ भन्ने वैचारिक आन्दोलन उठाएका थिए । जर्मनीका अगस्त बेबेल, एडवर्ड बर्नस्टिन, कार्ल काउत्स्कि, रोजा लग्जेम्वर्ग आदिले त्यस्तो विचार र आग्रहलाई अभियानकै रुपमा चलाएका थिए । उनीहरुलाई फ्रान्स, इटाली र स्पेनका कम्युनिष्ट नेताहरुको पनि समर्थन प्राप्त थियो, त्यसैले त्यस्तो विचार माक्र्सवादका निम्ति गम्भीर चुनौति बन्नपुगेको थियो । माक्र्स फ्रेडरिक एङ्गेल्स र कालान्तरमा रुसका लेनिनले त्यस्तो संशोधनवादको घुँडा धसेर विरोध गरे र त्यस्तो प्रयासलाई शोषित पीडित मजदूर वर्गको शासन कायम गर्ने महान कार्यमा रोडा अड्काउने प्रतिक्रियावादी चाल भनेर निन्दा र भत्र्सना गरे । उनीहरुले पुनः संकल्प प्रकट गरे, विश्वका मजदूरलाई एकीकृत गरेर क्रान्तिकै माध्यमबाट परिवर्तन ल्याउनुको विकल्प मजदूर वर्गसंग छैन । कम्युनिष्ट आन्दोलनमा संशोधनवाद र जडसूत्रवादको बहस शुरु भएको त्यसै बेलादेखि हो । त्यही संशोधनवादी धार, कालान्तरमा प्रजातान्त्रिक समाजवादी आन्दोलन र युरो कम्युनिजमको खेमामा विभाजित हुनपुग्यो । युरो–कम्युनिजम, प्रजातान्त्रिक समाजवादभन्दा भिन्न र पृथक किन हो भने समाजवादीहरु आफूलाई कम्युनिष्ट भन्न रुचाउँदैनन् । युरो– कम्युनिजमवालाहरु भने आफूलाई कम्युनिष्ट भन्नमा गर्व गर्दछन् ।

यथार्थमा युरोपका सन्दर्भमा युरो–कम्युनिजमको विकास, प्रजातान्त्रिक समाजवादको विकल्पमा भएको थियो, कम्युनिष्ट विचारको होइन । स्पेनको कम्युनिष्ट पार्टीका नेता सान्टियागो कार्निलो, इटालियन कम्युनिष्ट नेता एन्रिको बर्लिङगर र फ्रेन्च कम्युनिष्ट नेता जर्ज मार्कियासले त्यो विकल्पका पक्षमा सशक्त अभियान चलाएका थिए । कम्युनिष्ट र प्रजातन्त्रवादीका बीचको आधारभूत भिन्नता सत्ता प्राप्त गर्ने माध्यम क्रान्ति वा विद्रोह कि जनताको अभिमत हुने भन्ने विषयमा थियो । युरोपमा फ्रान्सको राज्य क्रान्तिपछि सत्ता परिवर्तनको आधार आवधिक निर्वाचन हुनुपर्ने मान्यता स्थापित भइसकेकाले त्यसलाई छाड्न कोही पनि तयार थिएनन् । दोश्रो विश्वयुद्धपछि सुपरपावर बनेको सोभियतसंघ, युरोपका कम्युनिष्टहरुका निम्ति आदर्श र प्रेरणा बन्ननसक्ने निष्कर्षमा उनीहरु पुगेका थिए । त्यही कारण युरो–कम्युनिजम नयाँ विकल्प बनेको थियो ।

संक्षेपमा, पश्चिमी युरोपका सबै देशमा आवधिक निर्वाचन पद्धति, शान्तिपूर्ण सत्ता परिवर्तनको माध्यम मात्र बनेको थिएन, जीवन पद्धति नै बनिसकेको थियो । त्यसको विस्थापन र कम्युनिष्ट शासन व्यवस्थाको स्थापना, तसर्थ, समयको चक्रलाई विपरीत दिशामा फर्काउनु जस्तै हुने निश्चित थियो । त्यही कारण उनीहरुले कम्युनिष्ट शासन व्यवस्थामा पुग्ने बाटो परिवर्तनलाई अंगाल्ने निश्चय गरेर युरो–कम्युनिजमको मोडेल तयार पारेका थिए । मदन भण्डारीको जनताको बहुदलीय जनवाद, त्यही युरो– कम्युनिजमको नेपाली संस्करण हो । त्यो भनेको राजनीति पद्धतिका रुपमा प्रतिस्पर्धात्मक संसदीय व्यवस्था र आर्थिक कार्यक्रमको लक्ष कम्युनिष्ट आदर्श हुने पद्धतिको विकास थियो । जबज र युरो–कम्युनिजमको सार र यथार्थ त्यही हो ।

लामो भूमिगत अवस्थाबाट नेपाली राजनीतिमा उल्कापात बनेर प्रकट भएका मदन भण्डारीसमक्ष नेपालका असंख्य टुक्रामा विभाजित कम्युनिष्टहरुलाई एकतृत तुल्याएर एउटा सशक्त कम्युनिष्ट पार्टी निर्माणको ठूलो चुनौती थियो । नेकपा– एमाले, एकिकृत माक्र्सवादी लेनिनवादीको गठन गरेर उनले त्यसको जग मात्र बसालेनन्, प्रतिनिधिसभाको २०४८ को निर्वाचनमा दोश्रो ठूलो दलका रुपमा एमालेलाई स्थापित गरेर भविष्यमा कम्युनिष्ट नेतृत्वको सरकार निर्माणको ढोका पनि खोलिदिएका थिए । उनका हातमा त्यस्तो अद्भुत जादूको छडी थमाउने प्रेरक व्यक्तित्व भने गणेशमान सिंह थिए । सर्वमान्य नेता सिंहकै पहल र प्रयासबाट जनआन्दोलनको पूर्वसंध्यामा संयुक्त वाममोर्चा गठन हुन सकेको थियो, जसले भविष्यको एमाले पार्टी निर्माणको पृष्ठभूमि तयार पारिदिएको थियो । त्यो मोर्चा पनि यस कारण कि कम्युनिष्ट पार्टीका विभिन्न घटकका नेतासंग वार्ता गर्दा भ्यागुताको धार्नी कहिलै नपुग्ने, मिल्न पनि नसक्ने भएकाले कमसेकम एउटा मोर्चा निर्माण गरेर त्यसको अध्यक्ष तोक, जोसंग भेट र वार्ता गर्न सहज होस् । त्यसबाट आन्दोलनका कार्यक्रमको तर्जुमा र कार्यान्वयनको संयोजन गर्न पनि सुगम हुन्छ भनेर उनले दबाब दिएकाले कम्युनिष्ट नेताहरुका बीचमा अनेक प्रकारका मतभेदका बावजूद उनीहरु वाममोर्चामा सामेल हुन सहमत भएका थिए । यद्यपि २०४२ सालको सत्याग्रह अगाडि पनि उनले त्यस्तो प्रयास गरेका थिए, तथापि परिस्थिति परिपक्व बनिनसकेकाले त्यो सफल हुन सकेको थिएन । २०४६ मा त्यो काम निर्विघ्न सम्पन्न भएको थियो । नेपाली राजनीतिका विश्लेषक तथा समीक्षकहरु आन्दोलनलाई सफल तुल्याउन मोर्चा गठन, निर्णायक सावित भयो । त्यही गणेशमान सिंहको सबैभन्दा ठूलो सफलता थियो ।

गणेशमान सिंहसंग मदन भण्डारीको राजनीतिक संपर्क र सघन सहकार्य, टनकपुर प्रकरणमा भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका बेला त्यो समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यसलाई संसदको साधारण बहुमतबाट अनुमोदन गराउने कि दुई तिहाईबाट भन्ने विषयमा कांग्रेस र एमालेका बीचमा मतभेद बढेर विस्फोटक अवस्थामा पुगेका थियो । ठीक त्यही बेला सर्वमान्य नेता गणेशमान सिंहले पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई एउटा पत्र लेखेर, जसलाई ‘पत्रबम’ पनि भनिन्छ, दुईतिहाइका पक्षमा आफूलाई खडा गरेपछि साधारण बहुमतबाट अनुमोदन गराउने सम्पूर्ण प्रयास चकनाचूर हुन पुगेको थियो । शुरुमा त्यो अडानका पछाडिको ओजन धेरैले आँक्न सकेका थिएनन् । मदन भण्डारीको अध्ययन र सम्वन्धित विषयका ज्ञाताहरुको सहयोग लिएर मात्र अघि बढ्ने कौशलताले गर्दा उनलाई गणेशमान सिंहको अडानको महत्व बोध गर्न सहयोग पु¥यायो । त्यसै बेला उनले बुढो शेरको लामो राजनीतिक जीवनमा अडानकोे ओजन कति गम्भीर तथा अर्थपूर्ण रहेछ, त्यसको प्रत्यक्ष अनुभव गरेका थिए । राजनीतिक मूल्य र मान्यताभन्दा राष्ट्रियताको सवाल किन माथि हुन्छ र त्यसको जगेर्ना कसरी गर्नुपर्छ त्यसको दर्शन पनि उनले त्यसै बेला पाएका थिए ।

“टनकपुर प्रकरणमा प्रतिनिधिसभाको साधारण बहुमतमा जानु भनेको आफ्नै मृत्युपत्रमा सहिछाप गर्नु हो । त्यसमा सही गर्न मलाई मेरो अन्तरात्माले रोकेको छ, कृपया मलाई आफ्नो अन्तरात्माका विरुद्ध जान विवश नतुल्याउनुहोस् ।

अहिले सत्ता र प्रतिपक्षबीच जुन खाडल बनेको छ, त्यो पुर्नै नसकिने खालको छैन । मलाई अहिले पनि समय बितिसकेको जस्तो लागेको छैन । अझै हामी राष्ट्रिय सहमतिका लागि उपयुक्त फर्मुला खोज्न सक्छौं । राष्ट्रिय सहमति टनकपुर समस्याका निम्ति मात्र होइन, संसदीय व्यवस्था र प्रजातान्त्रिक जीवन मूल्यका लागि समेत अपरिहार्य छ । यति टड्कारो सत्यका प्रति पार्टीले आँखा चिम्लियो भने हाम्रो आँखा कसले खोलिदिने ?”

माथि उद्घृत पत्रबमका शब्द र भावनाले पुष्टि गर्दछ, प्रजातान्त्रिक पद्धतिको स्थिरता र स्थायित्वका लागि राष्ट्रिय सहमति आवश्यक मात्र होइन, अपरिहार्य पनि छ भन्नेमा सर्वमान्य नेताको अविचलित विश्वास थियो । त्यही साझा विश्वास जगेर्नामा कामरेड मदन भण्डारीको जीवन पनि समर्पित थियो । रहष्यमय दूर्घटनामा भएको उनको मृत्यप्रति शोक प्रकट गर्दै सिंहले भनेका थिए– “उज्यालो संभावना बोकेका कल्पनाशील तथा समर्थ नेताको सेवाबाट मुलुक बञ्चित भएको छ ।” उनको दिशाबोधबाट नेकपा अवश्य लाभान्वित भएको छ, तर देशको उन्नति र समृद्धिको अपेक्षा भने अझै पूरा हुन सकेको छैन । त्यो दृश्य, दुवै नेताले स्वर्गको आँखिझ्यालबाट पक्कै देखिरहेका होलान् । त्यसको हेक्का सबैले राखुन् ।

प्रतिक्रिया दिनुहोस्