Logo
Logo

ब्ल्याक बुल्सले जित्यो आहारारा पोखरा गोल्डकपको उपाधि


819
Shares

पोखरा । उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालमा भएको खेलमा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३-१ ले हराएर उज्बेकी क्लब पहिलो सहभागितामै च्याम्पियन बनेको हो ।

ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गरे । पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।

यसअघि ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० र सेमिफाइनलमा ५ पटकको विजेता थ्री स्टारलाई ४-० ले पराजित गरेको थियो ।

ब्ल्याक बुल्सले पहिलो सहभागितामै आहारार पोखरा गोल्डकपको उपाधि जित्दै इतिहास रचेको छ । कीर्तिमानी सातौं पटक च्याम्पियन बन्ने लक्ष्य राखेको पुलिस भने फाइनलमा उज्बेकी क्लबसामु फिक्का रह्यो ।

प्रतिक्रिया दिनुहोस्