Logo
Logo

मदन, ओली र प्रचण्ड नेकपाका ओदान हुन्


- दयालबहादुर शाही


मकैबालीको बिज्ञलाई मकैभित्रको घुन चिन्दैन भन्नु जस्तै चिन्तनको दरिद्रता हो नेकपाबाट जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवादलाई अलगथलग पार्ने कुरा घुनले मकैभित्र लजिङ, फुडिङ, एसीसहित ऐयासी आनन्द उठाउनुलाई हक मानिएला । तर मकैका लागि सत्यानाशको कारण भएजस्तै मदनका देन र जबजको चेत बिना नेकपालाई गाह्रो पर्नेछ । यसले नेकपाको विचार टैंकीमा प्वाल पार्ने छ । पार्टीको गतिशीलता, ऊर्बरा शक्ति, जीवनतत्वलाई क्षति पुग्ने गरी विचारिक प्रतिष्पर्धाको वातावरण बिथोल्ने गरी प्रत्येक्ष र परोक्षरुपले छलकपटले शिर उठाउँदै छ । विचाररुपी माछालाई प्रतिष्पर्धारुपी पानीबाट बन्चित पारिदै छ । जबजसँगको प्रतिष्पर्धाबाट हायलकायल भएर ‘इगो’ र प्रतिष्ठाको कैची र छुरा चलाएर नेकपामाथि हिसाबकिताबसहित वैचारिक बन्ध्याकरणको संकट थोपरिदै छ । जबजबिरोधी, मदनबिरोधी, विचार शून्य र विचार राजनीतिका भगौडाहरुको चेतनामाथिको यो जालसाँझी बिनाशकाले विपरीत बुद्धि हो । नेकपाको आम पार्टीपंक्ति वैचारिकरुपले टाट पल्टन तयार छैन । लाटोकोशेरोले आँखा चिम्लनुमा सूर्यको दोष हुँदैन । नेकपामा नोकरशाही चलखेल विचार राजनीतिको दोष होइन । एकरुपता नभई अपवाद सृष्टिको नियम हो । जबज, प्रचण्डपथ, माओवाद, जनताको जनवाद आादि अखण्ड ज्योतिहरु बीचका स्वस्थ प्रतिष्पर्धा, परिपूरकता र अन्तरसमन्धको डोरी चुडिने छैन ।

मदन, केपी र प्रचण्डको व्यक्तित्व, नेतृत्व, देन, गुण तथा कुशलताको समस्टीले ओदानका तीन खुट्टा जस्तै वा धनुष, वाण र तीरले जसरी एकअर्काको पूरकको रुप लिएको छ । अब यी तीन बिरासतहरु मध्ये एकको अभावमा दुईको औचित्य र महत्तामाथि ग्रहण लाग्ने देखिदै छ । मदनले जागृत पारेको जनताको बहुदलीय जनवादी संवेगबाट नेकपा चाहेर पनि तरंगित रहनबाट मुक्त हुन सक्ने छैन । संसदीय लोकतान्त्रिक प्रतिष्पर्धाको राजनीतिमा सिकसिके पाराले लर्खराइरहेको नेपालको वामपन्थी आन्दोलनलाई सैद्धान्तिक आधार, तर्कपूर्ण बहश र निष्ठापूर्ण अभ्याससहितको जनताको बहुदलीय जनवादी मार्गचित्रको प्रतिपादन गरी कम्युनिष्ट पार्टी स्वयंको लोकतान्त्रिकरणमा दिएको देनले नेकपारुपी मानस पुत्रको सोच्ने दिमाग मदन भण्डारी मान्न सकिन्छ । मदनको विचार, केपीको अडान र प्रचण्डको गतिशीलता रुपी सत्यसँगको साक्षात्कार नेकपाको अटल सौभाग्यको आधार हो ।

झापा बिद्रोह र जनयुद्ध दुबैको विरासत कुनै न कुनै ढंगले जनताको बहुदलीय जनवादमा आएर ठोक्किन र मिसिन पुगेपछि आजको नेकपाले जननेता मदन भण्डारी चिन्दैन र मान्दैन भनेर सुख पाउने देखिदैन । नेकपाको निर्माणमा जननेता मदन भण्डारी, जनयुद्ध र जनआन्दोलनका सहिदहरुको रगत, पसिना, आँसु, मन, मुटु र मस्तिष्क लागत भएको छ । अब झापा आन्दोलन, जनयुद्ध र जबजका बिरासतहरु रुखमा बेरियो लहरो र लहरोमा जेलियो रुख भएर एकाकार भैसकेका छन् । मदन, केपी र प्रचण्डको व्यक्तित्व, नेतृत्व, देन, गुण तथा कुशलताको समस्टीले ओदानका तीन खुट्टा जस्तै वा धनुष, वाण र तीरले जसरी एकअर्काको पूरकको रुप लिएको छ । अब यी तीन बिरासतहरु मध्ये एकको अभावमा दुईको औचित्य र महत्तामाथि ग्रहण लाग्ने देखिदै छ । मदनले जागृत पारेको जनताको बहुदलीय जनवादी संवेगबाट नेकपा चाहेर पनि तरंगित रहनबाट मुक्त हुन सक्ने छैन । संसदीय लोकतान्त्रिक प्रतिष्पर्धाको राजनीतिमा सिकसिके पाराले लर्खराइरहेको नेपालको वामपन्थी आन्दोलनलाई सैद्धान्तिक आधार, तर्कपूर्ण बहश र निष्ठापूर्ण अभ्याससहितको जनताको बहुदलीय जनवादी मार्गचित्रको प्रतिपादन गरी कम्युनिष्ट पार्टी स्वयंको लोकतान्त्रिकरणमा दिएको देनले नेकपारुपी मानस पुत्रको सोच्ने दिमाग मदन भण्डारी मान्न सकिन्छ । मदनको विचार, केपीको अडान र प्रचण्डको गतिशीलता रुपी सत्यसँगको साक्षात्कार नेकपाको अटल सौभाग्यको आधार हो । यी मध्ये कुनै एक, कुनै दुई वा सबैप्रतिको उपेक्षा र विस्मृतिले नेकपाको चेतनास्तरमा क्षति पुग्ने छ । मदनको पिठ्युँ पछाडि केपी र प्रचण्डले लिने हुर्मत वा दुई अध्यक्षले एकअर्कालाई ताछ्न लिने सरल बाटोको अन्ततः आफ्नै खुट्टामा बन्चरो हुने अवस्था छ ।

नेपालको वामपन्थी आन्दोलनलाई विचार, जनाधार र सदाचारको त्रिवेणी बनाउने श्रेय मदन भण्डारीलाई जान्छ । मदन भण्डारीको मति, गति र सरस्वतीको पोषण पाउनु अघि नेपालका वामपन्थीहरु चुलिएको महत्वाकांक्षा र ओछो राजनीतिक संस्कारले खडा गरेको दरारमा फसेको स्थिति थियो । फुट्न पनि रुचाउने र संगठन निर्माणका लागि जीवन समर्पित गर्ने जस्तो दोधारे जीवन शैली र पागलपन वामपन्थीको वास्तविकता थियो । दुई कम्युनिष्ट तीन चिरा कम्युनिष्ट नेताहरुको मिल्नै नचाहने कुलत झल्काउने सटिक अभिव्यक्ति थियो । बर्मा, मानन्धर, अमात्य आदि व्यक्तिविशेषको आधारमा वामघटकहरुको बिस्कुन लाग्दै गरेको अवस्थामा मदन भण्डारीको उदय नेकपाको यो सफलताको जग थियो । झापा बिद्रोहको सुरक्षित अवतरण, नेकपा(माले)को मूल प्रवाहीकरण, माले र माक्र्सवादीको एकीकरण गरी दुबै पार्टीको एकैसाथ गरिएको उद्धार, २०४६ सालको जनआन्दोलनका लागि नेपाली कांग्रेससँगको सहकार्य, उत्कर्ष कालको कांग्रेससँग नेपाल कम्युनिष्टहरुको तर्फबाट विचार, राजनीति, संगठन, जनपरिचालन, जनमत र वाक्युद्ध समेतका हिसाबले पहिलो पटक लिएको हातेपाईले २०३५ सालदेखि २०५० साल सम्म डेढ दशक लामो मदन भण्डारीको राजनीतिक जीवन आँधिबेहरीको कथा जस्तो रहेको छ । छोटो समयमा अतिवृष्टि गर्ने आँधिबेहरीको स्वभाव हुन्छ । भण्डारीले पनि ४१ वर्षको जीवनकालमा नेपालको वामपन्थी आन्दोलनलाई वैचारिक, राजनीतिक, नैतिक, संस्कारगत, आचरणगत, संगठनात्मकदेखि जनलहरको बिस्तारका हिसाबले धनकुबेर बनाएको पाइन्छ । बरु सशस्त्र संघर्षमा होमिएको कम्युष्टि पार्टीका लागि रुसी, चिनियाँ, पेरु, प्रचण्डपथ, बिप्लब आदि विभिन्न मोडेल र विचार आउन सक्छन् । तर संसदीय लोकतन्त्रमा हेलिन खोज्ने हरेक वामपन्थीले मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको अग्राधिकारको सामना गर्नुपर्ने हुन्छ । प्रतिशोधका कारण वा प्रतिष्ठासँग जोडेर जबज उच्चारण गर्न संकोच माने पनि शक्ति पृथकीकरण, आवधिक निर्वाचन, वहुलवाद, संसदको उपयोग या त जबजको चोरी गर्नु हो या अलिखित जबजको अवलम्बन हो ।

आम जनसमुदायबाट अलग्गिएर एकांकी र संकीर्ण बन्दै गएको वामपन्थीहरुलाई व्यापक जनसमुदायको बीचमा गएर परीक्षण हुने गुण र कुशलता आर्जन गराउने सैद्धान्तिक मार्गचित्र जनताको बहुदलीय जनवादले नै आम जनता र कम्युनिष्ट पार्टीलाई जोड्ने काम गरेको छ । मदन भण्डारीपूर्वका माक्र्सवादी चिन्तकहरुले कि त संसदको निन्दा मात्र गरेका छन्, कि बाध्यताले थचारिएर नचाहँदा नचाहँदै संसदको उपयोग गर्नु परेको भनेर पीडा पोख्ने गरेका छन् । जसरी ढुंगे युगको औजार सिलौटो मानव जातिको साझा उपलब्धि हो, त्यसरी नै संसद, लोकतन्त्र, शक्ति पृथकीकरण पूँजीवादीहरुका मात्र बपौती होइनन्, मानवजातिका साझा उपलब्धि हुन् भनेर वामपन्थीका तर्फबाट हकदाबी गर्ने र यसलाई माक्र्सवादी दर्शनसँग जोड्ने पहिलो चिन्तक र नायक मदन भण्डारीप्रति नेपालमा मात्र नभएर विश्वभर सम्मान छ ।

जनताको बहुदलीय जनवाद एकप्रकारको पशुराजबाटको मुक्ति र मानवराजतिरको यात्रा हो । सबै मानव चेतमध्येमा जबजको चेत उत्कृष्ट चेत हो । यस वैचारिक सम्पदाको उपयोग गरे पनि मदनसँगका वैचारिक प्रतिष्पर्धीहरुको संसद र शक्ति पृथकीकरणका प्रतिको सिकसिके बानी पूर्णरुपमा हटिसकेको छैन । जबजको अभियानको केन्द्रमा जनता छन् । जनताको परीक्षणमा सफल हुनेले मात्र शासन गर्न पाउने कुरा जबजको चुरो हो । परिपक्वता र पहलकदमी नै जनताको नेता उत्पादन गर्ने कारखाना हो । त्याग र तर्क राजनेताको शोभा बढाउने गहना हो । राजनीति ढाँटछलको विषय होइन, खुला र स्पष्ट हुनुपर्छ । जनता नै राजनीतिक दल र राजनीतिकर्मीका भगवान हुन् । यस्ता कुरामा जोड दिएर जबजको चेतनाले आत्मकेन्द्रित चिन्तनलाई निषेध गरेको छ ।

लक्ष्मीप्रसाद देवकोटाले खोज्छन् सबै सुख, सुख त्यो कहाँ छ, आफु मेटाइ अरुलाई दिनु जहाँ छ भनेर कवितामा अघि सारेको सत्यलाई मदनले राजनीतिक स्कुलका रुपमा बिकास गरेकाले जबजको इस्कुलिङले त्याग र अरुको कदरको भाषा बोल्दछ । गुटफुटको राजनीतिका कारण ढल्दो उमेरमा एक्लै हिटिरहेका मनमोहन अधिकारीलाई उद्धार गरेर एकीकृत पार्टीको अध्यक्ष मानेर आफू दुई नम्बर बरियताको नेता बन्ने मदनको त्याग माग्न जान्ने दिन नजान्ने रोगले थलिएको वामपन्थी आन्दोलनका लागि विस्मयकारी घटना थियो । राजनीतिको कखरा सिकाउने गुरुलाई एम्बुसमा पारेर व्यक्ति व्यक्तिको नाममा पार्टी खोल्ने होड चलेको बेला आफूलाई मेटाउन सक्ने मदनको यही गुण र कौशलताले लोभीपापीहरुले लुकेर हिँड्नुपर्ने स्थिति आएको हो । नेपालको बामपन्थी आन्दोलन टुटफुट, छलकपट, धुत्याइँ र घमण्डको रछ्यानबाट माथि उठेर तर्क, बहस, चिन्तनमनन् र सुदृढ लोकतान्त्रिक अभ्यासको उचाइँमा पुग्नुको श्रेय मदन भण्डारीलाई जान्छ ।

प्रतिक्रिया दिनुहोस्