Logo
Logo

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत


1.4k
Shares

काठमाडौं । आजबाट सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १-० गोलले पराजित गर्‍यो । नेपालका बिमला चौधरीले खेलको १०औं मिनेटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल सावित भयो ।

यो जितसँगै नेपालले स्पष्ट तीन अंक हासिल गरेको छ । यसअघि आज दिउँसो भएको खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराउँदै विजयी सुरूवात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्