Logo
Logo

नेपाल एसबिआई बैंकद्वारा विराटनगरस्थित आदर्श बालिका माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान


252
Shares

काठमाडौं । नेपाल एसबिआई बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीले आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलार्ई एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२३ एटिएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्