काठमाडौं । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले लेबनानविरुद्ध एक गोल गरेको छ ।
खेलको ४१औँ मिनेटमा नेपालकी फरवार्ड सवित्रा भण्डारीले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका हुन् । खेल दशरथ रंगशालामा जारी रहेको छ ।

विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेवनानले क्लीयर गरेपनि त्यसकै रिवाउण्डमा साम्बाको प्रहर लेवनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको थियो।
पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्ध जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्य लिएको छ ।
फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन् । यी दुईबीच एक पटक खेल भएकोमा नेपालले जितेको छ । गत वर्ष साउदी अरेवियामा भएको वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनल पुगेको थियो ।














