Logo
Logo

‘होरा इस्पोर्ट्स’ पब्जी मोबाइलको राष्ट्रिय च्याम्पियन, स्काई बने एमभीपी


567
Shares

काठमाडौं । होरा इस्पोर्ट्सले इशान दोस्रो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइल तर्फको उपाधि जितेको छ।

शनिबार राति सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै ‘होरा इस्पोर्ट्स’ च्याम्पियन बनेको हो ।

च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टिटुके एक अंकले पछि पर्‍यो । टिटुके ले १२१ अंक जोडेको थियो। यस्तै दाइ इस्पोर्ट्स तेस्रो, होइन इस्पोर्टे्स चौथो र डिआरएस गेमिङ पाँचौं भयो ।

कूल प्राइज राशी २५ लाख रहेको प्रतियोगितामा पब्जीतर्फ सबैभन्दा धेरै १० लाख १० हजार पुरस्कार राखिएको थियो । जसमा विजेता होरा इस्पोर्ट्सले नगद २ लाख ५० हजार र ट्रफी प्राप्त गर्‍यो ।

यस्तै दोस्रो भएको टिटुकेले १ लाख ८० हजार तथा तेस्रो भएको दाइ इस्पोर्ट्सले १ लाख २० हजार पायो ।

यस्तै रोयल ड्रागन इस्पोर्ट्स छैटौं, जुट्टी इस्पोर्ट्स सातौं, फोर डेथ मेसिन आठौं, नेप्क्स नवौं र सोल्टी स्क्वाड दसौं भए। अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाएका थिए।

होरा इस्पोर्ट्सका स्काई होरा (आकाश राई) मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्