Logo
Logo

भारतसँग हार्यो पाकिस्तान, कोहलीले बनाए शतक


1.1k
Shares

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२ दशमवल ३ ओभरमा ४ विकेट गुमाउदै भट्टायो ।

भारतका लागि विराट कोहलीले अविजित १०० रन बनाएका थिए । कोहलीले यो एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । त्यस्तै श्रेयस अय्यरले ५६ र कप्तान रोहित शर्माले ४६ रन बनाए ।

दुबईमा यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४९ दशमलव ४ ओभरमा अल आउट हुँदै २४१ रन बनाएको थियो । पाकिस्तानका लागि साउद शाकीलले सर्बाधिक ६२ रन बनाए भने कप्तान मोहमद रिजवानले ४६ रन बनाएका थिए ।

त्यस्तै खुशदिल शाहले ३८ रन बनाए भने बबर आजमले २३ र सलमान अली अघाले १९ रन बनाएका थिए । भारतीय बलर कुलदीप यादवले ३ विकेट लिए भने हार्दिक पाण्डेयले २ विकेट लिएका थिए। त्यसैगरी अक्षर पटेल, हर्षित राना र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

यो जितपछि भारत समुह ए मा २ जितपछि सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ भने पाकिस्तानले लगातार २ खेल हारेर लगभग प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तानले अब बंगलादेशसँग एक खेल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्