Logo
Logo

क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन सो सम्पन्न


441
Shares

काठमाडौँ । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टिपीजेएफएस) फागुन १२ गते सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा आयोजना गरेको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचाँै सिजनका विजेताहरूलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो । देशभरबाट छानिएका प्रतियोगिमध्ये पूर्णिका सिंजापति फेस अफ क्लासिक डाइमण्ड, सृष्टि श्रेष्ठ फस्ट रनरअप तथा उरुसा भण्डारी सेकेन्ड रनरअप भएका छन् । विजेताहरुले नगद पुरस्कारसहित एक वर्षका लागि ‘क्लासिक डाइमण्डको ब्रान्ड एम्बेसडर’ बन्ने अवसर पनि प्राप्त गरेका छन् ।

फेसन शोमा विजेताहरुको क्राउनिङ सेरेमोनी पनि भएको थियो । क्राउनिङ सेरेमोनिपछि विजेताहरुलगायत विभिन्न मुलुकका १५ भन्दा बढी अन्तरराष्ट्रिय मोडलहरुले इलाइट कलेक्सनका नयाँ डिजाइनका गहनाहरु लगाएर र्याम्पमा वाक गरेका थिए ।

उक्त अवसरमा मिस युनिभर्स २००० तथा बलिउड अभिनेत्री लारा दत्त शो–स्टपर रहेकी थिइन् । दत्तले क्लासिक डाइमण्डको विशेष क्राउन लगाएर र्याम्प वाक गरेकी थिइन् । साथै, उनले क्लासिक डाइमण्ड तथा नेपालका बारेमा पनि आफनो विचार ब्यक्त गरेकी थिइन् ।

यसैगरी, फागुन १३ गतेदेखि क्लासिक डाइमण्ड ज्वेलर्सले एक हप्ताका लागि विशेष छुटसहित ज्वेलरी एक्जिबिसन गर्ने भएको छ । एक्जिबिसन क्लासिक डाइमण्ड ज्वेलर्सको न्यूरोड तथा पुल्चोक सोरुममा आयोजना हुनेछ । उक्त अवसरमा क्लासिक डाइमण्ड ज्वेलर्सले आफ्नो इतिहासमा नै पहिलोपटक हिरा तथा जेम्स स्टोन जडित गहनाहरुमा फ्याक्ट्री मूल्यमा २५ प्रतिशत छुटको अफर प्रदान गरेको छ । साथै, उक्त अवसरमा इलाइट कलेक्सनअन्तर्गत ५ वटा विभिन्न क्याटागोरीमा हिराका गहना प्रदर्शनी हुने छ ।

प्रतिक्रिया दिनुहोस्