Logo
Logo

नेपाल इन्भेष्टमेन्ट मेगाको ३८औँ साधारणसभा सम्पन्न

आव २०८०/८१ मा ४ अर्ब ११ करोड खुद मुनाफा आर्जन गर्न सफल


378
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को ३८औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्घि भई चार खर्ब सात अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम छ अर्ब १० करोड रुपैयाँले वृद्घि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो । यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोष ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभापश्चात भएको निर्वाचनमा संस्थापक समूहतर्फबाट पृथ्वीबहादुर पाँडेसहित दीपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी र मदनकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कविकुमार टिवरेवाला र शालिकराम बेल्बासे निर्वाचित भएका छन् ।

हाल बैंकले २७२ शाखा, २६६ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६५ एक्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङ मापर्mत ३२ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ । गुणस्तरीय सेवा तथा सुबिधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन– युरोमनीबाट ‘बेस्ट बैंक २०२३’ को उपाधि समेत प्राप्त गर्न सपmल भएको छ ।

प्रतिक्रिया दिनुहोस्