घुमफिर : पर्यटकका लागि आकर्षक नेपाल


Published On : 3 July, 2020

  • हरि गोपाल प्रधान

इतिहासकार कवि शिरोमणि बाबुराम आचार्यले राखेको ‘सगर’ शब्दले आकाश र ‘माथा’ अर्थले शिर बुझाउने सगरमाथा विश्वमा अवस्थित हिमचूलीहरुमा सबैभन्दा अग्लो शिखर हो । २९,०२९ फिट (८८४८) अग्लो यो शिखर नेपालको पूर्वाञ्चल क्षेत्रमा पर्दछ ।
यस वरीपरीको क्षेत्रलाई खुम्बु क्षेत्र भनिन्छ । झण्डै ३०० माइल क्षेत्रमा फैलिएको पैदल यात्रामार्ग खुम्बु क्षेत्र पुग्न पदयात्रीहरुका लागि काठमाडौंबाट करिब एक महिनासम्म लाग्छ । खुम्बु क्षेत्र पदयात्रीहरुका लागि एक महत्वपूर्ण क्षेत्र मानिन्छ । सगरमाथा आरोहीहरुको लागि उति नै महत्वपूर्ण र आकर्षणको रुपमा रहेको छ । मानिसले प्रकृतिमाथि क्रमशः विजयको क्रममा अर्थात् मानिसको पुरुषार्थको लेखाजोखा गर्ने हो भने सगरमाथा विजय पनि एक हुन आउँछ ।


सन् १९२९ मा पहिलो पटक बाटो पहिल्याउन सकिएको सगरमाथाको बेसक्याम्प सन् १९५२ सम्म गरेर १५ पटकको असफल प्रयासपछि सन् १९५३ मा ब्रिटिस एक्सडिडिसनअन्तर्गत जोन हण्टले नेतृत्व गरेको दुई सदस्यहरु एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले २९ मे सन् १९५३ को दिन मानव सफलताको उदाहरण प्रस्तुत गरे ।
विश्वमा ८ हजारभन्दा बढी अग्ला १४ वटा हिमशिखर छन् । आजसम्म नेपाली तथा विदेशीहरु हजारौँ जनाले सगरमाथा हिमशिखरमा चढ्न सफलता पाइसकेका छन् । साथै जून तावेह पहिलो महिला, जसले नारी मात्रको पहिलो सफलता १६ मे सन् १९७५ को दिन अन्तर्राष्ट्रिय नारी वर्ष मनाइएको वर्षमा पाइन् । सन् १९७८ मा विना अक्सिजन अष्टे«लिया आरोहीहरुको पुरुषार्थ प्रकृतिमाथिको अर्को हाँक ठहरिएको छ ।


यसैगरी २०७५ साल जेठ ९ गते नेपालको दक्षिण तर्फबाट र चीनको उत्तरतर्फबाट २०७६ साल जेठ ९ गते गरी एउटै गतेमा सगरमाथाको दुवै मोहडाबाट शिखरमा पुग्ने विश्वकै प्रथम महिला आरोहण गर्ने नेपालको राष्ट्रिय पर्यटन पत्रकार संघका कोषाध्यक्ष एवं गन्तव्य प्रकाशनका सह–सम्पादक कल्पना महर्जनले शिखरमा पुगी दुवैतर्फबाट आरोहण गरी विश्वमा कीर्तिमान राख्ने एकमात्र महिलाको रेकर्ड राख्न सफल भएकी थिइन् ।


एशिया महाद्धिपको दुई विशाल राष्ट्र भारत र चीनको बिचमा आफ्नै शैलीको व्यवस्था रितिरिवाज, चलन र प्रचलनहरुमा बाँचेको नेपालको राजधानी काठमाडौं हो । पहाडका थुम्कोहरुले घरेर दुर्गरुपमा रहेको भ्यालीभित्र एक शहर हो । हरेक गाउँ शहरको आफ्नै विशेषता र आकर्षण हुन्छ ।
त्यहीक्रम काठमाडौंमा पनि हेर्न लायक स्थानहरुमा प्यागोडाशैली र अति मनोहर मच्छे्रन्द्रनाथको मन्दिर, सहरको मुटुमा रहेको इन्द्रचोकमा अवस्थित आकाश भैरबको मन्दिर, हनुमान ढोकाभित्र रहेको ऐतिहासिक शाही गद्दी, तलेजुको मन्दिर, कालभैरब, बसन्तपुरको नौतलेदरबार, जसलाई पृथ्वीनारायण शाहले आफ्नो योगदानको नमूना पेश गरेका छन् । काष्ठकलाको नमूनास्वरुप रहेको मन्दिर, कुमारी घर, जहाँ पर्यटकहरुलाई अति आकर्षण हुने जीवित देवी कुमारी छिन् । सन् १५९६ लक्ष्मी नरसिंह मल्लको पालामा बनेको एउटै रुखबाट निर्मित काष्ठकलाले बनेको काष्ठमण्डप यही छ । अति एतिहासिक मानव सभ्यताको संग्रहालयको रुपमा छाउनीस्थित राष्ट्रिय संग्राहलय पनि यहीँ छ ।


विश्वको एकमात्र हिन्दूहरुको लागि प्रसिद्धि पाएको मुख्य पशुपतिनाथको प्राचिन मन्दिर काठमाडौंमै छ । वाग्मतीको किनारामा अवस्थित शिवमन्दिर धर्मजनहरुका लागि एकमात्र आकर्षण रहेको छ भने केही पर सोही क्षेत्रमा गुह्ेश्वरीको मन्दिर आफ्नो आकर्षणताका साथ रहेको छ । धर्मको लागि कहिले पनि यस भूमिमा कुनै रक्तपात भएन, धार्मिक सहिष्णुता ज्वलन्त उदाहरणको रुपमा रहेको छ भन्ने कुरा दुई हजार वर्ष पुरानो स्वयम्भू चैत्यमा हिन्दू र बुद्ध धर्मालम्वीहरु सामयिक दर्शन गरेको दृश्यबाट सहजै अनुपान गर्न सकिन्छ । काठमाडौंबाट २५० फिट अग्लो ढिस्कोमा झण्डै एक कोष पश्चिममा रहेको स्वयम्भू चैत्यले विश्वमा समेत प्रसिद्धि पाइसकेको छ ।
अन्य आकर्षणको रुपमा रहेको लुम्बिनी, काठमाडौं, भक्तपुर, ललितपुर दरवार स्क्वाएर, बालाजु स्थान, धरहरा, बौद्धनाथ चैत्य, गोकर्णस्थान, सुन्दरीजल कीर्तिपूरको साथै दक्षिणकालीस्थित कालीको मन्दिर पनि प्रमुख आकर्षक छन् ।

धर्म, संस्कृति, रितिरिवाज, देवीदेवता मन्दिर, देवालय, शिवालय आदीको रुपमा विश्वसामु उभिएको छ । तीमध्ये १८ किलोमिटर टाढा फर्पिङस्थित दक्षिणकाली, सेतीदेवी, ढल्कु, डुडेचोर, छैमआदि रहेको छ । फर्पिङ, ३३ कोटी देवताहरुले बास गरेको यस क्षेत्रमा दक्षिणकाली, शेषनारायण, मनकामना, गोवालेश्वर, झम्केश्वरी, गोरखनाथ, बज्रयोगीनी, महालक्ष्मी भिमसेन आदी रहको छ ।
काठमाडौं उपत्यकामा राम्रो शहर अर्थात ललितपुरको नाम भएको पाटन हिन्दू मन्दिरहरु बौद्ध स्तूपहरु, काष्ठकला वास्तुकलामा नमूनास्वरुप राजा वीरेन्द्रले सन् १२९८ मा निर्मित शहर हो । कलाको दृष्टिकोणले हेर्ने हो भने १२औँ शताब्दीमा राजा भास्कर वर्माले बनाएको लोकेश्वर अर्थात बुद्धको मन्दिर हिरण्यवर्ण महाविहार एक दर्शनीय मन्दिर यही छ ।
महाबौद्धको मन्दिर अर्को अतुलनीय कलाको घोतक भएर रहेको छ । मानिसले काष्ठकला मात्र होइन ढुंगामा समेत आफ्नो वायुवल कलाकृति देखाउन सक्छ भन्ने उदाहरण तत्कालीन शाही स्थान, ‘टुसाहिटी’ अद्यावधि उति नै आकर्षक छ ।

मच्छेन्द्रनाथको मन्दिर अर्को आकर्षणको रुपमा रहेको छ । प्राचीन परम्परालाई अंगाली आउने त्यहाँका प्रियजनहरुको सहिष्णुता उदाहरणको रुपमा रहेको छ । त्यसको अलावा कृष्ण मन्दिर अर्को कलाको ज्वलन्त उदाहरण छ । यसरी पाटन मन्दिर र कलाकृतिको भण्डारमात्र नभएर सांस्कृतिक र परम्पराले बाँधिएको छ । पाटन मन्दिरले मात्र घेरिएको शहर होइन, प्राकृतिक दृष्टिले अति नै रमणीय गोदावरी तथा पुलचोकीजस्ता स्थानहरु पनि यही छन् । भादगाउँको नामले चिनिने भक्तपुर शहर कला कौशलको घरभन्दा अत्युक्ति नहोला । सन् १८८९ मा राजा आनन्ददेवले बनाएको यो शहर भक्तहरुको शहर भनिएको छ ।


काठमाडौं शहरबाट नौ माइल पूर्वमा अवस्थित यो शहर माटोको भाडाकुँडा तथा बुनाइमा पहिलेदेखि मानिआएको छ । यसका अन्य विशेषताहरुमा नवआगन्तुकहरुका लागि अर्थात पर्यटकका लागि केही दर्शनस्थलहरु छन् । तिनमा राजा यक्ष मल्लको शासनमा निर्मित सिद्ध पोखरी मात्र नभएर पर्वतीय हिमश्रँृखला देखिने स्थान भएको छ । यसका अन्य दर्शनस्थलहरुमा राजा भूपतिन्द्र मल्लको शालिक, काष्ठकलाको नमूनास्वरुप ५५ भ्mयाले दरबारसँगै सुवर्णद्वार, जसलाई पर्सी ब्राउनले अधिराज्यको ज्यादै राम्रो कलात्मक नमूनाको संज्ञा दिएका छन् ।
भक्तपुरको अर्को नमूना मन्दिर न्यातपोल मन्दिरलाई मानिन्छ । यो पाँचतले मन्दिरको विशेषता मन्दिरको खुट्किलाको वगलमा हरेक जोडी पहलमान, हात्ती, सिंह जोडी राखिएको छ । राजा भूपतिन्द्र मल्लले बनाएको यो मन्दिर प्यागोडा शैलीको मन्दिरमा सबैभन्दा अग्लो मानिएको छ । त्यस्तै राजा यक्ष मल्लले एउटै रुखबाट बनाएको दत्तात्रय मन्दिर वगलको मयुर भ्mयालले भक्तपुरको अर्काे आकर्षण थपेको छ ।
भक्तपुरका नजिक सूर्यविनायक मन्दिर, त्यस वरीवरीका पर्यटक आकर्षण हरियाली अर्को आकर्षणको विषय रहेको छ । चाँगुनारायणको मन्दिर भक्तपुर नजिक पर्दछ । उपत्यकाको सबैभन्दा पुरानो प्यागोडा शैलीको मन्दिर मानिएको चाँगुनारायण मन्दिर वरीपरीको मनोरम दृश्यले यस क्षेत्रमा थप आकर्षण थपेको छ ।
यसरी काठमाडौं, पाटन, भक्तपुरमात्र आकर्षण छैनन् । यी शहरहरुको अलावा विश्वका ८ हजार फिटको १४ वटा हिमश्रृँखला र प्राकृतिक आकर्षणको दृष्टिकोणले क्रमशः दामन, नगरकोट धुलिखेल र कंकनी पर्दछन् । नजिकको दृष्टिकोणले कंकनी समुद्र सतहबाट ६५०० फिट माथि रहेको छ । यो काठमाडौंबाट १८ माइल उत्तर पश्चिममा पर्ने एक मनोरम स्थल हो, जहाँबाट सगरमाथाको दृश्यावलोकन गर्न सकिन्छ ।
काठमाडौंबाट २२ माइल पूर्वमा पर्ने नगरकोट समुद्र सतहबाट ७१३३ फिट उचाइमा रहेको छ । यो एक मनोरम स्थल हो । सगरमाथाको अलावा पूर्वी क्षेत्रका धेरैजसो हिमालयहरु यहाँबाट देखिन्छन् । बसाई र खानाको सुविधाले नगरकोट, धुलिखेल विशेष आकर्षक छ ।


नारायणी अञ्चलमा पर्ने दामनबाट अग्ला अग्ला हिमशिखरहरुको दृश्यावलोकन गर्न सकिने नेपालको एकमात्र स्थान मानिन्छ । पूर्वमा सगरमाथादेखि पश्चिममा धौलागिरिसम्मका सम्पूर्ण शिखरहरु यहाँबाट राम्ररी देख्न सकिन्छ । यातायातको दृष्टिकोणले ८० किलोमिटर टाढा त्रिभूवन राजपथमा पर्ने दामन आकर्णक स्थान हो । सामूहिक रुपमा भन्ने हो भने कंकनीबाट पश्चिम भेगका हिमालहरु नजिकबाट देख्न सकिन्छ ।
नेपालमा प्रकृतिले दिएको हिमाल–पहाड हरियाली वनजंगल भएर सुन्दर शान्त तथा आआफनो संस्कृति, सम्पदाहरुको धनी देश भएका तथा यहाँ प्रशस्त स्वदेशी तथा विदेशी पर्यटकहरुले भ्रमण गरेर रमाइलो गर्न सक्ने वातावरण मिलाउने राम्रो सुविधा नहुँदा र दक्ष लुम्बिनीमा बास र खाना महँगो हुँदा पर्यटकहरु एक दिनमात्र भ्रमण गरेर फर्किन्छन् । त्यस्तै अधिकांश आरोहीहरु नेपाल सरकारको ट्रेकिङ लागि मात्रै अनुमति लिई हिमालको फेदमा पुग्छन् र हिमालको आरोहण गर्ने गरेको छन् । किनी हिमाल आरोहण गर्न राजश्व निकै बुझाउनुपर्ने भएको कारणले गर्दा लुकीछिपी हिमाल आरोहण गर्ने गरेका छन् ।
हालै घोषित पर्यटन वर्ष २०२० रद्द गर्नुपर्ने प्रमुख कारण कारोना (कोभिड–१९) भाइरस कारण थला पर्न निश्चित भएकालेले अब उप्रान्त आउने पर्यटकहरुलाई भिष फ्रि हुने व्यवस्था मिलाए पर्यटनमा बढोत्तरी हुनेमा निश्चित छ । नेपाल पर्यटन बोर्डमार्फत विदेशी पर्यटकलाई भ्रमण गर्ने स्थानहरुमा राम्रो व्यवस्था गर्न जरुरी छ । आगामी सन् २०२२ भिजिट नेपाललाई सफल पार्न सम्पूर्ण नेपालीको कर्तव्य हो ।

(लेखक बरिष्ठ फोटो पत्रकार हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्