Logo
Logo

सञ्चालनमा आयो ‘बाटिका क्रिएशन’


3k
Shares

काठमाडौँ । विशेष किसिमका डिजाइन पहिरन बुटिकमा पाइने भएकाले पछिल्लो समय युवाहरुको यस क्षेत्रमा आकर्षण बढेको पाइएको छ ।

नयाँ पुस्ताले बुटिकका सामग्रीप्रति आकर्षित हुदै गर्दा थापा गाउँमा ‘बाटिका क्रिएशन’ सञ्चालनमा ल्याइएको छ । फेसनप्रति पारखी र चनाखो वर्गको उपभोक्तालाई नवीन उत्पादन विशेष सेवा, सुविधा र सहुलियतपूर्ण तरिकाबाट
उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

सञ्चालक गोमा धितालले चाडपर्व तथा बिहेको समयमा अत्यधिक माग वृद्धि हुने यस क्षेत्रमा निकै व्यस्त हुनुपर्ने अनुभव सुनाउँदै फेसनमा कुर्ता पिस, साडी, कुर्ती, ब्लाउज तथा बच्चाका लुगासमेत बनाउनुपर्ने बताइन् । यहाँ रेडिमेड तथा मागअनुसार दुवै किसिमका डिजाइन पाउन सकिने व्यवस्था छ ।

ग्राउन्ड फ्लोरमा विशाल हल रहेको बाटिका पुग्ने उपभोक्ता त्यहाँको सजावट देखेर निकै हर्षित हुने गरेको पाइएको छ । बाटिकामा पर्याप्त पार्किङको सुविधा छ । अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर निर्माण गरिएको बाटिका लोकेसनका हिसाबले काठमाडौंको राम्रो स्थानमा छ । बाटिकाको संरचना निर्माण भव्य, आकर्षक र सुन्दर बनाइएको छभने भारत, चीन, संयुक्त इमिरेट्स दुबईलगायत मुलुकबाट निर्यात गरिएका वस्तुले जो कोहीको मन जित्न सक्छ । आकर्षक ढंगले डिजाइन गरिएका सामानहरूले किनमेल गर्नेको आँखा र मन लोभ्याउँछ ।

बाटिकाको उद्घाटन समारोहमा उद्यमी रोहिणी राणा अभिनेत्री प्रियंका कार्की र चर्चित कलाकार रेखा शाहले आफ्नो अनुभव बताउँदै यस क्षेत्रमा नयाँ फेसन डिजाइन गरिने भएकाले राम्रो लगानीका साथै कारोवार हुने जानकारी दिए ।

समाजसेवी तथा उद्यमी श्याम धितालले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न सहरलगायतका स्थानमा यस्ता बुटिक स्थापना हुँदै गएकाले उपभोक्तालाई सहज हुने विश्वास व्यक्त गरेका छन् । उनले मुलुकमा आर्थिक तथा सामाजिक रुपान्तरणका लागि घरेलु उद्योगका साथै महिला सशक्तिकरणको आवश्यकता रहेको बताए ।

उक्त संस्थाले सम्पूर्ण सामानहरु सहुलियत तथा २५ प्रतिशतसम्मको डिस्काउन्ट अफर दिएको जनाएको छ । पछिल्लो समय सरारा सेट कुर्ता र लेहेँगाको माग बढिरहेको छ । महिलाहरुले कुर्ता रुचाइरहेका छन् । स–सानो लगानीमा अन्यत्र पनि बुटिक खुल्ने क्रम जारी छ ।

संस्थाकी सञ्चालिका धितालका अनुसार अहिले ग्राहकहरुले भरेका लुगाभन्दा सिम्पल नै अत्याधिक मन पराइएको अवस्था छ । अहिले चलेका फेसनहरुमा कटनका कुर्तीहरु धेरै छ ।

समयअनुसार ग्राहकको रोजाइ फरक हुने उनको बुझाइ छ । बजारमा विभिन्न किसिमका साडी र लेहेंगाहरु पनि आएका छन् । बजारमा जर्जेट, नेट, भेल्भेट तथा फ्रेन्च सिफनका सितारा भरेका साडीको माग बढिरहेको छ । विभिन्न डिजाइनका विशेषगरी रातोमा हरियो, पहेँलो, नीलो रङ मिसाइएका साथीहरुको आकर्षण छ ।

साडीहरु लगाउन सजिलो हुने भएकाले चाडपर्वमा तीनको मागअनुसार आपूर्ति गरिने छ । कुर्ती सिम्पल र स्ट्यान्डर्ड देखिने गरेकाले ग्राहकहरुबाट धेरैजसो ती सामान साथै जर्जट भएको र धागोले बुनेका कुर्तीहरुको माग भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्