
काठमाडौं । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र मछिन्द्र एफसीबीच प्रतिष्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने भएको हो ।
सेमीफाइनलमा आर्मीले संकटा क्लब र मछिन्द्रले आयोजक केपी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । फाइनलका लागि टीम तयार रहेको र उपाधी कव्जा गर्ने गरि खेल प्रदर्शन गर्ने दुवै टोलीको प्रशिक्षक र कप्तानले जनाएका छन् ।
प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् ।