Logo
Logo

प्रचारमुखी मन्त्री

रवि लामिछाने र बालेन साहजस्तै प्रचारमुखी भएको आरोप


693
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा लाइन हटाउँछु भने । तर मन्त्री भएको ७ महिनासम्म पनि सरकारी अस्पतालमाह लाइन घटेको छैन । गम्भीर रोगको शल्यक्रिया गर्न अझै ७ महिनासम्म कुर्नुपर्ने बाध्यता हटेको छैन । मन्त्री पौडेलले अस्पतालहरुमा दुई सिफ्टमा काम गराउने भने पनि वीर अस्पतालमा लागू गर्ने प्रयास भए पनि अन्यत्र हुनसकेको छैन ।

राष्ट्रिय खोप कार्यक्रमलाई समेत मन्त्री पौडेलले आफ्नो पालाको उपलब्धीका रुपमा प्रचार गर्न चुकेका छैनन् । किशोरीहरूलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रमलाई उपलब्धीका रुपमा उनले प्रचार गर्दैआएका छन् । राष्ट्रिय खोप कार्यक्रम जुन सरकार वा मन्त्री भए पनि हरेक बर्ष सम्पन्न हुने गरेका छन् । तर यस्ता नियमित कामलाई पनि मन्त्री पौडेलले आफ्नो उपलब्धीका रुपमा प्रचार गर्नुले उनी पनि रवि लामिछाने र बालेन साहजस्तै प्रचारमुखी भएको आरोप लाग्ने गरेको छ ।

मन्त्री पौडेलले स्वास्थ्य वीमाको क्षेत्रमा उल्लेख्य काम गरेको, वीमा रकम बढाएर ५ लाख पुर्याएको भन्दै प्रशंसा बटुले । तर, उनैले स्वास्थ्य वीमाको भुक्तानी दिन नसकिने भन्न थालेका छन् । प्राइभेट अस्पतालको वीमा दाबीमै अनियमितता छ ।

प्राइभेट अस्पतालका संचालकले नै वीमा भुक्तानी दाबी गरेको र अहिलेसम्म भुक्तानी गरेको छानबिन गर्ने हो भने लहरो तान्दा पहरो आउने अवस्था छ । यस्तो अवस्थामा मन्त्री पौडेलले स्रोतको सुनिश्चितता बिना वीमा ५ लाख पुर्याएको घोषणा गरे । वीमाका लागि कति स्रोत आवश्यक पर्छ, त्यो स्रोत कसरी जुटाउने भन्ने सामान्य हेक्का नराखी प्रचार बटुल्न मन्त्री पौडेलले बोलेको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्