Logo
Logo

केपी ओली कपः मच्छिन्द्रलाई लगातार तेस्रो पटक उपाधि


819
Shares

काठमाडौं । मच्छिन्द्र एफसीले केपी ओली कप फुटबलको उपाधिमा ह्‍याट्रिक गरेको छ । सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै मच्छिन्द्रले दबदबा कायमै राखेको हो ।

मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९औं मिनेटमा मच्छिन्द्रको क्रस क्लियर गर्ने क्रममा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो ।

दोस्रो हाफमा युसुफ मलिकको क्रसमा जमहा जालेले उत्कृष्ट फर्स्ट टच फिनिस गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएनन् र मच्छिन्द्रले फेरि पनि उपाधि रक्षा गर्न सफल भयो ।

नेपाली घरेलु प्रतियोगितामा एउटै टोलीले लगातार तीनपटक एकै प्रतियोगिताको उपाधि जित्नु कमै देखिने दृश्य हो । मच्छिन्द्रले उत्कृष्ट लय कायमै राख्दै उपाधि रक्षा गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्