Logo
Logo

सुनको मूल्य घट्दा चाँदी थप महँगियो


441
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तीन दिन (मंगलबार, बुधबार र बिहीबार) बढेको सुन आज प्रतितोला पाँचसय रुपैयाँ घटेको हो ।

हिजो एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला एक लाख ७० हजार दुईसय रुपैयाँ कायम भएको हो ।

आज चाँदीको भाउ भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेर १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्