काठमाडौं । विगतमा झैँ यसवर्ष पनि फागू पर्वको अवसरमा तेह्रथुमको फेदापमा ‘याक्थुङ कुरुम्बाङ सङ्जुङ्भो कप’ आयोजना हुने भएको छ ।

फेदाप–१ (साविक सिम्ले–१) पिपलडाँडास्थित कुरुम्बाङ सङ्जुङ्भो खेल मैदानमा हुने ‘याक्थुङ कुरुम्बाङ सङ्जुङ्भो कप–२०८१’मा आयोजकले सहभागी हुन इच्छकु फुटवल टिम, क्लब तथा विभिन्न संघसस्थालाई आमन्त्रण तथा आह्वान गरेको छ ।
याक्थुङ कुरुम्बाङ सङ्जुङ्भो, तेह्रथुम कार्यसमितिको आयोजनामा हुने ‘याक्थुङ कुरुम्बाङ सङ्जुङ्भो कप’मा सहभागी हुन इच्छुक क्लव तथा टिमले फागुन २६ गते दिउँसो ४ बजेभित्र आवेदन (इन्ट्री) गरिसक्ुनपर्ने छ ।
‘स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित आयोजना हुने ‘याक्थुङ कुरुम्बाङ सङ्जुङ्भो कप’मा फुटवल पुरुष टिमका लागि ३५०० र महिला टिमलाई १५०० प्रवेश शुल्क तोकिएको छ । त्यसका अलावा धरौटी पाँच सय रुपैयाँ पनि रहेको आयोजकले जनाएको छ ।
फागनु २७ गतेदेखि सुरु हुने ‘याक्थुङ कुरुम्बाङ सङ्जुङ्भो कप’मा फुटवल पुरुषतर्फ विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । दोस्रो हुने टिमले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, फुटवल महिलातर्फ प्रथम हुने टिमले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
तीन दिनसम्म लाग्ने मेलामा फुटवलका अलावा जातीय तथा समुदाय झल्काउँने विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना हुने आयोजकले जनाएको छ ।
मेलामा खुला लोक नृत्य प्रतियोगिता, च्याबु्रङ नाच (केःलाङ), धान नाच, हाक्पारे साम्लो, छेलो लगायतका प्रतियोगिताहरु हुने आयोजक संस्था याक्थुङ कुरुम्बाङ सङ्जुङभो, जिल्ला समिति तेह्रथुमका अध्यक्ष किरण कुरुम्बाङले जानकारी दिए । उनका अनुसार हरेक कार्यक्रम प्रतियोगितात्मक हुने भएकाले सबै खेल तथा सांस्कृतिक कार्यक्रममा पुरस्कारको व्यवस्था गरिएको छ ।
‘याक्थुङ कुरुम्बाङ सङ्जुङ्भो कप–२०८१’ तथा आहाले फागू मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न गतवर्षझैँ यसपालि पनि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गरेको आयोजकले जनाएको छ । मेला तथा फुटवल प्रतियोगिताको लागि तयारी पूरा भएको आयोजकले जनाएको छ ।
