Logo
Logo

एमालेसँग एकताको च्याप्टर क्लोज भइसकेको छैन, ओलीले बोलाए जान्छु : वामदेव


2.4k
Shares

काठमाडौं । कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेसँगको एकताको च्याप्टर क्लोज भइनसकेको बताएका छन् ।  

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले एमाले अध्यक्ष केपी ओलीले बोलाए आफू वार्ता गर्न जाने भन्दै एकताको च्याप्टर क्लोज भइनसकेको बताएका हुन् । एमाले केन्द्रीय कमिटीले निर्णय गरेर एकता गर्ने निर्णय गरे आफू एमालेमा जाने उनले बताए । त्यसका लागि सम्मानजनक जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।

उनले नेपालको कम्युनिष्ट पार्टीहरूलाई एकता गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाउने उल्लेख गरे । आफ्नो अभियानमा रहेका सदस्यहरूले एमालेमा समाहित हुन इच्छा देखाएकाले आफूले त्यही अनुसार छलफल मात्रै गरेको उनले बताए ।  

गौतमले केहि समयअघि माधव नेपालसँग पनि केही छलफल भएको तर एकताका बारे भने कुनै निर्णय नभएको जानकारी दिए ।  
 

प्रतिक्रिया दिनुहोस्