Logo
Logo

माओवादीको स्थगित जागरण अभियान बिहीबारबाट सुरु हुने


1k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तराई मधेस जागरण अभियान बिहीबारबाट सुरु हुने भएका छ ।

फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरु भएको अभियान राजावादीहरूले व्यवस्थाविरुद्ध सक्रियता बढाएपछि रौतहटमा आएर स्थगित गरिएको थियो । अब भने फेरी यहि चैत ७ गते बिहीबारबाट अभियान सुरु हुने उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिए ।

अभियानमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू भोलि (बुधवार) बाराको सिमरा जाने छन् । मधेसको कार्यक्रम सकेर ९ गते चितवनको अभियानमा सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्