Logo
Logo

निर्मलाको भजनाइल स्वाब’ सक्कली नै भएको पुष्टि


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ माघ ।
बलातकारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको भजनाइल स्वाव सक्कली नै भएको पुष्टि भएको छ । उनको ‘भेजाइनल स्वाब’बाट निकालिएको डिएनएसँग आमा दुर्गादेवीको डिएनए म्याच भएको छ ।


स्वाब नै निर्मलाको होइन कि भन्ने प्रश्न उठिरहेका बेला आमा दुर्गादेवीले डिएनए जाँचका लागि रगत दिएकी थिइन्। जाँचबाट निर्मलाको स्वाबमा भएको डिएनए र दुर्गादेवीको डिएनए मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
गत साउन ११ गते मृत भेटिएकी बालिका पन्तको हत्यारा लामो समय बित्दा समेत पत्ता लाग्न सकेको छैन। विभिन्न टोलीले घटनाको अनुसन्धान अझै गरिरहेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले डिएनए परिक्षण प्रक्रियामै त्रुटि भएको प्रतिवेदन आइतबार सरकारलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्