Logo
Logo

नेविसंघका बस्याल पूर्वाञ्चल क्याम्पसको स्ववियु सभापति निर्वाचित


1.2k
Shares

काठमाडौं । पूर्वाञ्चल क्याम्पस धरानको स्ववियु सभापतिमा नेविसंघका सागर बस्याल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनबाट उनी क्याम्पसको सभापति निर्वाचित भएका हुन् । बस्यालले ६६८ मत ल्याउँदा समाजवादी विद्यार्थी युनियन, नेपालका गणपति झाले ४४६ मत ल्याए ।

सचिवमा भने अनेरास्ववियुका प्रविश न्यौपानले ५८० मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघका यामनाथ गुरागाईले ६७४ मत ल्याएर निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्