Logo
Logo

सिन्धुपाल्चोक प्रहरीले समात्यो ७४० पिस भेप


2.3k
Shares

काठमाडौं । प्रहरीले सिन्धुपाल्चोकबाट ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । गएराति खुर्सानीबारी अस्थायी प्रहरी पोष्टले चेकजाँचको क्रममा चीनको तातोपानी नाका हुँदै भित्रिएको गाडीबाट ७ सय ४० पिस भेप बरामद भएको हो ।

बट्टामा प्याकिङ गरेको अवस्थामा सिल लगाइएको ७४० पिस भेप बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त भेपलाई राजश्व कार्यालयको जिम्मा लगाइने सिन्धुपाल्चोक प्रहरीले तयारी गरेको छ । सरकारले भेपलाई आयातका लागि खुल्ला गरे पनि तस्करले अवैध रुपमा भित्र्याउन छाडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्