
काठमाडौं । झापाको मेची बहुमुखी क्याम्पसले यस पटक महिला नेतृत्व पाएको छ । मेची क्याम्पसको सभापतिमा नेविसंघकी निलम कार्की स्ववियु सभापति निर्वाचित भएकी हुन् ।
८२६ मत प्राप्त गर्दै उनी मेची क्याम्पसको २१औं तथा पहिलो महिला स्ववियु सभापतिका रुपमा निर्वाचित भएकी हुन् । नेविसंघले सचिव, कोषाध्यक्ष र ६ जना सदस्य जितेको छ ।
चिवमा नेविसंघका विवेक तामाङ र कोषाध्यक्षमा प्रतिक शाह रौनियार निर्वाचित भएका छन् । तामाङले ६३३ र रौनियारले ९०९ मत प्राप्त गरेका छन् ।














