Logo
Logo

महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिन माग


441
Shares

काठमाडौं । सिराहाको औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञ गर्न दलित (डोम) परिवारमाथि उठिबास लगाएको विषयले संसदमा प्रवेश पाएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आज बसेको प्रतिनिधिसभा बैठकमा डोम परिवारको घर भत्काइदिएको विषय उठाएका हुन् । उनले औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादवसहितले डोम परिवारको घर भत्काइदिएको भन्दै उनीहरूलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरे ।

महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष यादवले जेसीबी लगाएर दीपक मरिक (डोम)को घर भत्काएको आरोप छ । बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौँदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्