Logo
Logo

यसरी एक लाख असुले अख्तियारका असईले


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ माघ ।
देशमा भ्रष्टाचार यसरी व्याप्त भएको छ कि अख्तियारकै कर्मचारीले समेत घुस असुल्ने गरेको खुलेको छ । आयोगका एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।


सुर्खेतस्थित कार्यालयमा कार्यरत असई जन्म अधिकारी आइतबार बर्दियामा एक लाख घुससहित पक्राउ परेका हुन् ।
ग्राबेल बाटो निर्माण गर्दा अनियमितता भएको मुद्दा तामेलीमा राखिदिने भन्दै घुस लिएका थिए । मुद्दा दर्ता प्रक्रिया अघि बढेको र सात लाख रुपैयाँ दिए ‘होल्ड अप’ गरिदिने भन्दै सात लाख घुस मागेकोमा एक लाख लिएका थिए । अनुसन्धान अधिकृतसँग समेत आफूले त्यसबारे कुरा गरेको भन्दै घुस लिएका थिए ।
अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख घुससहित कोहलपुरस्थित बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोष्टबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्