Logo
Logo

आईपीएलमा कोलकाता र हैदराबादबीचको रोमाञ्चक भिडन्त


504
Shares

काठमाडौं ।आईपीएलमा आज लगभग एक वर्षपछि डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) र सनराइजर्स हैदराबाद (एसआरएच) फेरि आमनेसामने हुँदैछन्। आईपीएल २०२५ को १५औँ खेलमा गत सिजनका फाइनलिस्ट टोलीहरूबीच कोलकाताको इडेन गार्डेन स्टेडियममा रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।

गत वर्षको फाइनलमा कोलकाताले हैदराबादलाई पराजित गर्दै तेस्रो पटक आईपीएल उपाधि जितेको थियो। त्यसैले यो खेल हैदराबादका लागि हारको बदला लिने अवसर बनेको छ भने कोलकातालाई आफ्नो वर्चस्व कायम राख्ने चुनौती छ।

प्याट कमिन्सको कप्तानीमा रहेको सनराइजर्स हैदराबाद लगातार दुई हार बेहोरेर यो खेलमा उत्रिँदैछ। टोली गत सिजनको फाइनलको पीडा कम गर्न र विजयी लयमा फर्कन आतुर छ। उता, अजिंक्य रहाणेले नेतृत्व गरेको कोलकाता नाइट राइडर्स पनि आफ्नो पछिल्लो खेलमा पराजित भएको छ। दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ, किनकि जितले उनीहरूको मनोबल र अङ्क तालिकामा सुधार ल्याउनेछ।

इडेन गार्डेनको मैदान कोलकाताको बलियो पक्ष मानिन्छ, जहाँ उनीहरूको घरेलु समर्थन र परिचित परिस्थितिले फाइदा पुर्‍याउन सक्छ। तर, हैदराबादको बलियो ब्याटिङ लाइनअप र कमिन्सको रणनीतिले खेललाई कडा टक्कर दिने छ। खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ बजे सुरु हुने छ । 

प्रतिक्रिया दिनुहोस्