काठमाडौं । आईपीएल २०२५ को १९ औँ खेलमा आज सनराइजर्स हैदराबाद (SRH) र गुजरात टाइटन्स (GT)आमनेसामने हुँदै छन्। यो महत्त्वपूर्ण भिडन्त हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजना हुँदै छ।

सनराइजर्सले यो मैदानमा आफ्नो अन्तिम खेलमा पराजय व्यहोरेको थियो। प्याट कमिन्सको कप्तानीमा रहेको क्च्ज् ले सिजनको सुरुआत जितसँगै गरे पनि पछिल्ला तीन खेलमा लगातार हारको सामना गर्नुपरेको छ। हाल उनीहरू अंक तालिकाको अन्तिम स्थानमा छन्, जसले टोलीमा दबाब बढाएको छ। आजको खेल क्च्ज् का लागि पुनरागमनको अवसर साबित हुन सक्छ।
अर्कोतर्फ, शुभमन गिलको नेतृत्वमा रहेको गुजरात टाइटन्स उच्च मनोबलमा छ। पछिल्ला दुई खेलमा लगातार जित हात पारिसकेको न्त् आजको खेल जित्दै सिजनको पहिलो ह्याट्रिक जित पूरा गर्ने लक्ष्यमा हुनेछ।
आजको खेल (SRH) का लागि ‘करो या मरो’ जस्तो बन्न सक्नेछ भने (GT)को लागि टप टेबलतर्फ अग्रसर हुने अवसर हुनेछ। खेल नेपाली समय अनुसार ७ : ४५ मिनेटमा सुरु हुने छ ।











