Logo
Logo

तत्काल स्ववियु चुनाव नगराऊ : देउवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १५ माघ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको विरोधमा आफ्नो पार्टी आन्दोलनमा रहेकाले फागुनमा निर्धारित स्ववियु निर्वाचन नगराउन प्रधानमन्त्री केपी ओली र त्रिभुवन विश्वविद्यालयका अधिकारीलाई आग्रह गरेका छन् ।

g]kfnL sfFu|]; tgx’Fn] cfOtaf/ bdf}nLdf cfof]hgf u/]sf] sfo{stf{ e]63f6nfO{ ;Daf]wg ub}{ ;efklt z]/axfb’/ b]pjf . t:jL/ M s[i0f Gof}kfg], bdf}nL, -tgx’F_, u08sL k|b]z÷/f;;

सरकारले त्रिभुवन विश्वविद्यायलअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्ला समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो ।

त्रिविको क्यालेण्डरअनुसार फागुन १४ मा नै स्ववियु निर्वाचन गराउने पक्षमा सरकार छ । आइतबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचनका लागि सरकारले राजनीतिक माहोल बनाउनु पर्नेमा जो दिए ।

त्रिविकी रेक्टर सुधा त्रिपाठीले विश्वविद्यालयका तर्फबाट स्ववियु निर्वाचनसम्बन्धी प्रस्ताव र प्रगति विवरण पेस गरेपछि आएको प्रतिक्रियाप्रति सहमति जनाउन नसकेको बताइन् । ‘विश्वविद्यालयले पूर्वनिर्धारित क्यालेन्डरअनुसार ६ महिनादेखि स्ववियु चुनावको तयारी गरेको छ,’ उनले भनिन्, ‘हामीले फागुन १४ देखि बढीमा एक साता लम्ब्याउन सक्छौं । नत्र अर्को साल मात्र हुनेछ भनेका छौं ।’

प्रतिक्रिया दिनुहोस्