Logo
Logo

राजनीति, जनता र नेता


- लक्ष्मण देवकोटा


हामीहरु कुनै पनि घटनाको गहिराइमा नपुगी आवेशमा आएर निर्णय गरिहाल्छौँ र फुर्सदमा पछुताउँछौँ । जताततै अविश्वासको वातावरण हुर्कँदै गइरहेको छ । समाजशास्त्रीय दृष्टिकोणले यो बडो डरलाग्दो अवस्था हो । मानिसको विश्वास टुटेसँगै समाजमा स्थिरता र विकासका पाइलाहरु पनि टुट्छन् ।

विद्वान नोम चोम्स्कीको भनाइ मलाई बडो मन पर्छ– ‘समाज डो¥याउनेहरुको अल्पसंख्यक झुण्डको एउटा स्वार्थ समूह छ । यो अदृष्य सत्ताले बाह्यरुपमा देखिने निर्वाचित होस् या निरंकुश सत्तालाई डो¥याउँछ । हामीहरु यिनै स्वार्थ समूहबाट शासित छौँ । यिनीहरुले हाम्रो दिमागलाई उनीहरुको विचारअनुसार ढालेका छन् । अरु त अरु उनीहरुकै इच्छाअनुसार हाम्रो जिब्रोको स्वादसमेत निर्धारण हुन्छ । त्यसैले हाम्रो निर्णय क्षमतामाथि कसैले शासन गरिरहेको छ ।’

लक्ष्मण देवकोटा

नेपाल संघीय गणतन्त्रको स्थापनापश्चात् भूराजनीतिको बडो जटिल मोडमा मुलुक उभिएको छ । छयालीस सालपछि नेपालको राजनीतिमा भारतीय राजदूतहरुको दौडधुप देखिएकै हो । उनीहरु निर्णायक शक्तिमा समेत छाएका थिए । त्यतिबेला गुप्तरुपमा गतिविधि गरे पनि चिनियाँहरु कूटनीतिक मामिलामा तटस्थ रहेका देखिन्थे । अहिले त चिनियाँहरुका कूटनीतिक गतिविधि खुलमखुला हुन थालेका छन् । लद्दाखमा भारतीय सेनाको चीनसँग भीडन्तपछि भारतको मोदी सरकार पराजित मानसिकतामा छ । सतहमा जमिनको झगडा देखिए पनि अन्तर्यमा चीनको व्यापारिक साम्राज्यको संसारभरिको विस्तार नै प्रमुख कारण हो ।

हाम्रो समाजमा साधु सन्तहरु देख्नेबित्तिकै आल्हादित भैहाल्ने हाम्रो मानसिकता अलिक बुझेर श्रद्धा गर्नुपर्ने मोडमा आइपुगेको छ । राजनीतिका साधुसन्तको झन् कुरै भएन । सत्तामा पुग्नका लागि बनेका घोषणापत्र, उनीहरुका चुनावताकाका बाचाबन्धन र सत्तारोहणपछिका गतिविधि र व्यवहारबाटै सबै कुरा बुझिएकैछ । तर, यति हुँदाहुँदै पनि राजनीतिबिना यो समाज अघि बढ्दैन । राजनीतिका खास पात्र तिनीहरुसँग जोडिएका खास मानिसहरुको निर्णय क्षमता र केही स्वार्थ समूहभित्रका खास रणनीतिका बारेमा बुझ्नुपर्छ । यो बुझिएन भने आफैँलाई पनि बुझ्न सकिँदैन ।

नेपाल संघीय गणतन्त्रको स्थापनापश्चात् भूराजनीतिको बडो जटिल मोडमा मुलुक उभिएको छ । छयालीस सालपछि नेपालको राजनीतिमा भारतीय राजदूतहरुको दौडधुप देखिएकै हो । उनीहरु निर्णायक शक्तिमा समेत छाएका थिए । त्यतिबेला गुप्तरुपमा गतिविधि गरे पनि चिनियाँहरु कूटनीतिक मामिलामा तटस्थ रहेका देखिन्थे । अहिले त चिनियाँहरुका कूटनीतिक गतिविधि खुलमखुला हुन थालेका छन् । लद्दाखमा भारतीय सेनाको चीनसँग भीडन्तपछि भारतको मोदी सरकार पराजित मानसिकतामा छ । सतहमा जमिनको झगडा देखिए पनि अन्तर्यमा चीनको व्यापारिक साम्राज्यको संसारभरिको विस्तार नै प्रमुख कारण हो । नत्र २२ जुनमा उग्यार क्षेत्रका मुसलमानलाई उचालेर अमेरिकाले चीनमाथि अरु प्रतिबन्धको नाटक गर्नुपर्ने थिएन । गत वर्ष सन् २०१९ मा अमेरिकाले ट्वाइलेट पेपरलगायत सरसफाइका सामग्रीहरु मात्र ८०० मिलियन डलरभन्दा धेरै सामान चीनसँग किनेको तथ्य छ । देशमा ट्वाइलेट पेपरको समेत उत्पादन गर्न नसक्ने अमेरिकाको अर्थतन्त्र कोभिड–१९ का कारण अझै गिर्दै जानु र चीनले कोभिड–१९ नियन्त्रण गर्दै विश्वभर व्यापारिक साम्राज्य विस्तार गर्दै जानु अमेरिकीलगायत पश्चिमाहरुका लागि तनावको विषय हो । यसको निम्ति अमेरिकीहरु चीनविरुद्ध जुनसुकै हत्कण्डा पनि प्रयोग गर्न तयार छन् ।

लामो आर्थिक मन्दीबाट ब्युतँदै गरेको युरोपलाई फेरि कोभिड–१९ ले पछाडि धकेलिदिएर अर्को तनाव थपेको छ । यस्तो अवस्थामा युरोपेली मुलुकहरु पनि अमेरिकाको पछि लाग्ने नै भए । युरोप र चीनको व्यापारिक सम्बन्धका कारण युरोपमा चिनियाँ विस्तार बढिरहेको पनि युरोपेलीहरुलाई मन परिरहेको छैन । मुलतः कम्युनिष्ट राज्यसत्ता र कम्युनिष्ट विचारधाराका विरोधीहरुको अधिपत्य रहेका पश्चिमा शक्तिहरु चिनियाँ व्यापार तहसनहस पार्न सके विश्व आफूहरुको नियन्त्रणमा रहने विश्वास छ । त्यही विश्वासका आधारमा चीनलाई घेर्दै जाने रणनीतिअन्तर्गत अहिलेको सबैभन्दा उपर्युक्त थलो नेपाल नै हो । लद्दाखमा लखेटिएका भारतीयहरु नेपालमै अमेरिकीहरु अड्डा जमाएर बसे भने चीनविरोधी अभियानमा रणनीतिक एकता गर्ने तहसम्म मोदी नपुग्लान् भन्न सकिँदैन । त्यसको लागि नेपाली राजनेताहरु असाध्यै चनाखो हुनुपर्छ । र एमसीसीजस्तो इष्ट इण्डिया कम्पनीको नवीनतम संस्करणलाई अस्वीकृत गरिदिनु पर्छ । होइन भने, भावी पुस्ताले पनि दुःख पाउने अवस्था आइलाग्ने छ ।

अमेरिकी घुसपैठप्रति ओली किन यतिधेरै आशक्त छन् ? देउवालाई किन यति धेरै हतारो छ ? महाकाली सन्धिमा खर्बौँको कुरा गरेर अहिले हामी रित्तो हात फेरि अमेरिकी सहयोग आए देश कायापलट हुने कल्पना गरिरहेका छौँ । भएका उद्योगधन्दा कौडीको भाउमा बेचेर नांगो रुपमा सडकमा उभिनु हाम्रा लागि सामान्य भएको छ । अमेरिकी सहायता आए पनि यिनै भ्रष्ट नेता, भ्रष्ट कर्मचारी र दलालहरुले मोज गर्ने पक्का हो । राष्ट्रको स्वाभिमान बन्धकीमा राखेर हस्तक्षेप निम्त्याउने ल्याउने कुरा बन्द हुनुपर्छ । आफैँभित्रको फोहर सफा नहुँदासम्म जति सहयोग आए पनि केही हुँदैन । रेमिट्यान्स र विदेशी दाताहरुको सहयोगले देश कहिल्यै बन्दैन भन्ने कुरा त संसारका देशहरुबाटै देखिएको छ । अर्बौँ रुपियाँ दानको पछाडि अमेरिकीहरुको निःस्वार्थताको बयान गर्नेहरु आफँै लम्पट र स्वार्थी हुन् ।

अहिले सडकमा ओली राष्ट्रवादको समर्थनमा जुलुसहरु निस्किएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा जारी गरिसकेपछि भारतले हटाउन खोज्यो भन्ने सन्देश जताततै प्रवाह भइरहेको छ । ओलीको यो हिम्मत र आँटलाई इतिहासले सम्झिइरहनेछ तर, अमेरिकी घुसपैठप्रति ओली किन यतिधेरै आशक्त छन् ? देउवालाई किन यति धेरै हतारो छ ? महाकाली सन्धिमा खर्बौँको कुरा गरेर अहिले हामी रित्तो हात फेरि अमेरिकी सहयोग आए देश कायापलट हुने कल्पना गरिरहेका छौँ । भएका उद्योगधन्दा कौडीको भाउमा बेचेर नांगो रुपमा सडकमा उभिनु हाम्रा लागि सामान्य भएको छ । अमेरिकी सहायता आए पनि यिनै भ्रष्ट नेता, भ्रष्ट कर्मचारी र दलालहरुले मोज गर्ने पक्का हो । राष्ट्रको स्वाभिमान बन्धकीमा राखेर हस्तक्षेप निम्त्याउने ल्याउने कुरा बन्द हुनुपर्छ । आफैँभित्रको फोहर सफा नहुँदासम्म जति सहयोग आए पनि केही हुँदैन । रेमिट्यान्स र विदेशी दाताहरुको सहयोगले देश कहिल्यै बन्दैन भन्ने कुरा त संसारका देशहरुबाटै देखिएको छ । अर्बौँ रुपियाँ दानको पछाडि अमेरिकीहरुको निःस्वार्थताको बयान गर्नेहरु आफँै लम्पट र स्वार्थी हुन् ।

यी सबै कुराहरुसँग हामी जमिनका मान्छेको के सम्बन्ध छ ? हामी जनताहरुले यो सबै विषयमा किन बुझ्न जरुरी छ भने भोलि देश अफगानिस्तान हुँदा दुख पाउने हाम्रै सन्ततिले हो । को देशभक्त र को देशद्रोही हो भनेर चिन्न नसक्दा समस्या झेल्ने हामीले नै हो । महामारीका बेला निजी अस्पतालका ढोका बन्द भए गरिब जनताका लागि । बाढीका बेला भ्रष्टहरुले बनाएका पुल भत्किए, समयमा उपचार नपाएर सुत्केरीहरुको अकालमा ज्यान गयो । यी सबै कुरा बुझिएन भने दुःख पाउने त तलका जनताले नै हो ।

त्यसैले जनताले राजनीति नबुझ्दासम्म र सत्ता चलाउने दलाल पूँजीपतिहरुको अदृष्य समूह नचिन्दासम्म वास्तवमै सही जनप्रतिनिधि चुन्न पनि सक्दैनन् । लाखौँ रुपियाँ खर्च गर्न नसक्ने मानिस जतिसुकै असल र देशभक्त इमान्दार भए पनि चुनाव जित्न नसक्ने अवस्थामा पुगेपछि सरकारले गर्ने निर्णय कसरी जनमूखी हुन सक्छ ? यो त देश भित्र र बाहिरका दलाल पूँजीपति पोस्ने मात्रै काम हुन्छ । त्यसो हुन नदिन जनताले राजनीति बुझ्नुपर्छ। लद्दाखको लडाइँ बुझ्नुपर्छ । विदेशी राजदूतहरुको कुँदाकुँद बुझ्नुपर्छ । जनतालाई झुक्याउने नेता चिन्नुपर्छ । र, नेता चलाउने ब्यापारी चिन्नुपर्छ ।

रह्यो नेताका कुरा, उत्तर या दक्षिण जताका शक्ति भएपनि आन्तरिक राजनीतिमा दखल दिने वातावरण तयार हुनु

किमार्थ देशको भलो हुने काम होइन । आफू, आफ्नो परिवार, आफ्नो दलभन्दा माथि देशलाई र जनतालाई प्राथमिकतामा राख्न सके जनताको नजरमा नेताहरु टिकिरहन्छन् । नत्र देशै नरहन पनि सक्छ । जनतालाई सधँै झुक्याइराख्न सकिन्छ भन्नु मुर्खतापूर्ण कुरा हो ।

– मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्