Logo
Logo

नरेन भट्टको कप्तानीमा विश्वकप खेल्ने १४ सदस्सीय टोली घोषणा


693
Shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट खेल्ने अन्तिम टोलीको घोषणा गरेको छ। क्यानले मङ्गलवार नरेन भट्टको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।

अभिषेक तिवारी, नीरजकुमार यादव, साहिल पटेल, चिब्रन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्रजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा पर्न सफल भएका छन् ।  

नेपालले आफ्नो पहिलो खेल युएई विरुद्ध माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अप्रिल १३ मा  खेल्ने छ । नेपालले दोस्रो खेल अप्रिल १६ मा हङकङसँग खेल्नेछ। यस्तै, अन्तिम खेल अफगानिस्तानसँग खेल्ने क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्