काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औँ खेलमा आज रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्स खेल्ने छन् । दिल्लीले ३ खेलमा सबै खेल जितेको छ । दिल्ली ६ अङ्क सहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।

दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ । यो सिजन सानदार सुरुवात गरेको दिल्ली जितलाई निरन्तरता दिन चाहन्छ । आरसिबी अङ्क तालिकाको तेस्रो स्थानमा छ।
आरसिबीले कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स जस्ता फरक पिचमा जित हात पारेको छ । उसले एक मात्र हार भने घरेलु मैदानमा गुजरात टाइटन्स विरुद्ध बेहोरेको थियो । आरसिबीको ४ खेलबाट ६ अङ्क छ ।
यी दुईबिच ३१ पटक प्रतिस्पर्धा भएको छ। जहाँ आरसिबीले १९ र दिल्लीले११ खेल जितेको छ। एक खेलमा नतिजा आएको थिएन। खेल नेपाली समयअनुसार साँझ ७: ४५ बजे सुरु हुनेछ।














