Logo
Logo

एनएसएल: ललितपुर सिटी प्लेअफमा, बुटवल लुम्बिनी बाहिरियो


693
Shares

काठमाडौं । साबिक विजेता ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) २०२५ को प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिवार सम्पन्न खेलमा ललितपुरका कप्तान अनन्त तामाङ र खेलको अन्त्यतिर सन्तोष खत्रीले गोल गरेका थिए ।

अनन्तले खेलको २३औँ मिनेटमा मणि लामाको कर्नरमा हेडमार्फत गोल गर्दै ललितपुरलाई सुरुवाती अग्रता दिलाए ।

खेल समाप्त हुने दुई मिनेट अघि सन्तोष खत्रीले इमोह इजेकेलको दायाँ छेउबाट आएको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे र ललितपुरको जीत सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्