काठमाडौं । बसिर अहमदको शानदार ८० रनको इनिङ्सको बाबजुद नेपाल हङकङ टी-२०आई सिरिजको फाइनल खेलमा कुवेतसँग ३ रनले पराजित भएको छ ।

१७५ रनको लक्ष्य पछ्याउँदै गरेको नेपाल ३ बल बाँकी छँदै १७१ रनमै अलआउट भयो । अन्तिम चरणसम्म रोमाञ्चक बनेको खेलमा नेपाल जितको नजिक पुगेर पनि लक्ष्य पार गर्न असफल रह्यो ।
कुवेतले प्रस्तुत गरेको १७५ रनको चुनौतीपूर्ण लक्ष्यमा बसिरले उत्कृष्ट प्रदर्शन गरे पनि अन्य ब्याटरहरूले खासै योगदान दिन नसक्दा नेपाललाई उपाधि गुमाउन बाध्य बनायो ।














