Logo
Logo

यु–१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात


756
Shares

काठमाडौं । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा विजयी सुरुआत गरेको छ। आइतबार सम्पन्न पहिलो खेलमा नेपालले युएईलाई डकवर्थ–लुइस मेथड (डिएलएस) मार्फत पाँच रनले पराजित गरेको हो । जितसँगै नेपालले दुई अङ्क हासिल गरेको छ ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याइरहेको युएईले ३६ ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो । तर, वर्षा र खराब प्रकाशका कारण खेल रोकिएको थियो । युएईलाई डिएलएसबाट जित्न १७६ रनको खाँचो थियो । तर, चार ओभरअघि नै समाप्त गर्दा युएईको स्कोर बोर्डमा १७१ रन मात्रै भएपछि नेपाल पाँच रनले विजयी हुन पुगेको हो ।

युएईका किरण राईले सर्वाधिक १०४ रन बनाए । अविजित रहेका उनले ९६ बलमा आठ चौका र पाँच छक्का प्रहार गरेका थिए । मुहम्मद रायन खानले ५१ बलमा तीन चौका र दुई छक्कासहित ३५ रन बनाए। करण धिमन १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

नेपालका अशोक धामी र सन्तोषकुमार यादवले समान दुई विकेट रह्यो । यस्तै, अभिषेक तियारी र नरेन भट्टले समान एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्