Logo
Logo

एनएसएल : पोखरा प्लेअफमा, एक खेलअगाबै बाहिरियो झापा


378
Shares

काठमाडौं। लिग चरणको अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीमाथि सानदार जित निकाल्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा  पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलवार सम्पन्न खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो । जितसँगै पोखराले ६ खेलबाट आठ अङ्क पुर्‍याएको छ । पराजित बुटवल भने एक अङ्कसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो ।

योसँगै अन्तिम खेल खेल्न बाँकी झापा एफसी पनि प्रतियोगिताबाट बाहिरिइसकेको छ । झापाको पाँच खेलबाट चार अङ्क छ । अब ६ खेलबाट आठ अङ्क भएको काठमाडौं रेजर्स र एक खेल कम खेलेको चितवन एफसीमध्ये एक टोली प्लेअफमा पुग्नेछन् ।

चितवनले लिग चरणको अन्तिम खेल पहिलो क्वालिफायरमा स्थान बनाइसकेको साबिक उपविजेता धनगढी एफसीविरुद्ध खेल्नेछ । यो खेलमा गोलरहित बराबरी भए पनि चितवन प्लेअफमा पुग्नेछ । पराजित भए खण्डमा भने लिग चरणबाटै बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्