Logo
Logo

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित


819
Shares

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा घरेलु टोली नेपालले लगातार तेस्रो जित निकालेको छ ।

हङकङले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२ ओभर ३ बलमा १ विकेट गुमाएर सहजै पूरा गर्यो । नेपालका लागि कप्तान नरेन भट्ट ३९ र शाहील पटेलले ४२ रनको अविजित इनिङ खेले ।

त्यसअघि तल्लाे मुलपानी क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा समेटिएको थियो । हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए ।

बिपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट झारेका थिए । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाएका थिए ।

नेपालले पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमनलाई ८ विकेटले पराजित गरेको थियो । अब नेपालले अन्तिम खेल अफगानिस्तानसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्