काठमाडौं । ब्राजिली फुटबल लेजेन्ड रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ । नेपाल सुपर लिग (NSL) का आयोजक ले कार्लोसको यही अप्रिल १८ का लागि तय गरिएको भ्रमण स्वास्थ्य समस्याका कारण रद्द भएको जानकारी दिएको छ।

आयोजकका अनुसार, रोबर्टो कार्लोसले स्वास्थ्य अवस्थाका कारण नेपाल आउने कार्यक्रम स्थगित गरेका हुन्।














