Logo
Logo

एनएसएलमा चितवन पहिलो पटक प्लेअफमा


315
Shares

काठमाडौं । एफसी चितवन पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ । एनएसएल २०२५ अन्तर्गत बिहीबार भएको अन्तिम लिग खेलमा साविक उपविजेता समेत रहेको धनगढी एफसीलाई ३-१ ले पराजित गर्दै चितवनले प्लेअफमा पूगेको हो । 

तेस्रो संस्करणमा चितवन प्लेअफ पुग्ने अन्तिम टोली बनेको छ । यसअघि नै साविक विजेता ललितपुर सिटी एफसी, साविक उपविजेता धनगढी एफसीसँगै पोखरा थण्डर्सले प्लेअफमा पूगी सकेका छन् । 

अन्तिम लिग खेल जितपछि चितवनले ६ खेलबाट १० अङ्क जोड्दै तेस्रो स्थानमा उक्लेको छ । पहिलो पटक प्लेअफमा पुगेको चितवनले अब एलिमिनेटरमा पोखरा थण्डर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

धनगढीको यस सिजन लगातार ५ खेलको जित यात्रामा पनि ब्रेक लागेको छ । हारपछि धनगढीले ६ खेलबाट ११ अङ्क जोडेर दोस्रो स्थानै रह्यो । अब पहिलो क्वालिफायर ललितपुर र धनगढीबिच शनिवार हुनेछ ।

चितवनका लागि नोदिर माभलानोभ र जय गुरुङले एक-एक गोल गरे भने धनगढीका अमृत श्रेष्ठले आत्मघाती गोल उपहार दिए । धनगढीका लागि जर्ज प्रिन्स कार्कीले एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्