Logo
Logo

समाजवादी निकट खेलकुद महासंघले बागमती सरकारलाई बुझायो नौ बुँदे मागपत्र


315
Shares

हेटौंडा – नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघले बागमती प्रदेश सरकार समक्ष नौ बुँदे माग पत्र पेश गरेको छ ।

महासंघका महासचिव अनिल कुमार रिजालसहिको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामा समक्ष सरकारको आगामी निति तथा कार्यक्रममा खेलकुद क्षेत्रको विकासको मागसहित नौ बुँदे माग पत्र पेश गरेका हुन् ।

पत्रमा बागमती प्रदेशका १३ ओटै जिल्लामा रंगशालाको निर्माण, प्रत्येक निर्वाचन क्षेत्रमा बहुआयामिक कवर्ड हल निर्माण, प्रत्येक स्थानिय तहमा खेल मैदान निर्माण, खेलकुद क्षेत्र भित्रको बेरोजगारी समस्यालाई हल गर्न, सरकारी तथा निजी विद्यालय र स्थानीय सरकारलाई अनिवार्य खेल प्रशिक्षक नियुक्त गराउन माग गरिएको छ ।

त्यस्तै धादिङ्ग गल्छी गाउँपालिकामा प्रदेश स्तरिय खेल रंगशाला निर्माण, हेटौंडाको गौरीटार खेल मैदानलाई खेलकुद एकेडेमी घोषणा गरी खेलाडीहरुको प्रशिक्षण सञ्चालन गर्न, चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न, प्रत्येक खेलाडीहरुको जीवन बिमा र स्वास्थ्य बिमा लागु गर्न आवश्यक बजेटको व्यवस्था र सरकारको वार्षिक बजेटको न्यूनतम् ५ प्रतिशत रकम खेलकुद क्षेत्रको लागी व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्