Logo
Logo

चेन्नईबाट खेल्ने भए ब्रेभिस


882
Shares

काठमाडौं । चेन्नई सुपर किंग्सले घाइते खेलाडी गुर्जपनीत सिंहको स्थानमा दक्षिण अफ्रिकी युवा ब्याट्सम्यान डेवाल्ड ब्रेभिसलाई टोलीमा भित्र्याएको छ । उनले अब आइपिएल २०२५ को बाँकी खेलहरूमा चेन्नईबाट खेल्नेछन् ।

टी–२० क्रिकेटमा राम्रो रेकर्ड बनाएका ब्रेभिसले अहिलेसम्म ८१ खेलमा १,७८७ रन बनाइसकेका छन् । उनको सर्वश्रेष्ठ व्यक्तिगत स्कोर १६२ रन रहेको छ । उनले सन् २०२३ मा दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट टी–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए र हालसम्म २ अन्तर्राष्ट्रिय टी–२० खेल खेलिसकेका छन् ।

यसअघि मुम्बई इन्डियन्सबाट खेल्दै आएका ब्रेभिसले त्यहाँ १० खेलमा सहभागी भएका थिए । अब उनी चेन्नई सुपर किंग्ससँग दुई करोड २० लाख रुपैयाँमा अनुबन्धित भएका छन् । यही मूल्यमा चेन्नईले अक्सनमा गुर्जपनीतलाई पनि अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्