
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानुन र मुलुकको बजेटले धान्न सक्ने सीमाभित्र रहेर शिक्षकका जायज मागहरू सम्बोधन गरिने स्पष्ट पारेका छन् ।
शुक्रवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पन्तले सरकार शिक्षकहरूसँग संवाद र वार्तामार्फत समस्याको समाधान गर्न प्रतिबद्ध रहेको बताए । उनले सबै पक्षबाट लचिलो रूपमा वार्तामा सहभागिता जनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘सरकार शिक्षकहरूसँग संवाद र वार्तामार्फत अहिले देखिएका समस्याहरू समाधान गर्न कटिबद्ध छ । म शिक्षक साथीहरूलाई आग्रह गर्छु, लचिलो भएर वार्तामा आउनुहोस्। संविधान, ऐन, कानुन र बजेटको सीमाभित्र रहेर समाधान खोज्न सरकार तयार छ।’
शिक्षकहरूले राखेका मागहरूका विषयमा सरकारले संवेदनशीलता देखाएको मन्त्री पन्तको भनाइ छ।











