काठमाडौं । गुल्मीको कालिगण्डकी गाउँपालिकाले १४ गतेदेखि विद्यालय नआउने शिक्षकहरूलाई राजीनामा दिन भनेको छ । आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गर्दै अटेर गरे राजीनामा दिन गाउँपालिकाले निर्देशन दिएको हो ।

शिक्षक महासङ्घको आव्हानमा भएको शिक्षक आन्दोलनले पालिकाभित्रका सबै विद्यालयहरूको अध्ययन अध्यापनमा समस्या परेकोले १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले नियमित रूपमा पठनपाठन सञ्चालन गर्न सबै शिक्षक तथा कर्मचारीहरूलाई अनुरोध गर्दै उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजीनामा दिन तथा सरुवा प्रक्रिया अगाडि बढाएर जान निर्देशन दिएको छ ।












