Logo
Logo

शान्ति बाटिकामा आज राप्रपा नेपालकाे ‘जनप्रदर्शन’


630
Shares

काठमाडौं । राप्रपा नेपालले रत्नपार्कको शान्तिबाटिकामा आज जनप्रदर्शन गर्दैछ । कार्यक्रम दिउँसो साढे १ बजेका लागि तय भएको छ ।

चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ तथा राजसंस्था पुनः स्थापनाको मागलाई बन्देज लगाउनेगरी बन्न लागेको कानून तत्काल रोकिनुपर्ने भन्दै राप्रपा नेपालले आज जनप्रदर्शन गर्न लागेको हो ।

पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले ​जानकारी दिए । उनले भने, ‘समान विचार भएका दल, समूह, अभियान , संघसंस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताको लागि पत्राचार गरेका छौँ । सबैको साथ, सहयोगको प्रतिबद्धता पाएका छौँ, हामी उत्साहित छौँ ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट लगायत राजसंस्थासँग आश्था राख्ने व्यक्तिहरु कार्यक्रममा सहभागी हुने उनले बताएका छन् ।

प्रदर्शनका क्रममा अनावश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको व्यवस्था गरिएको छ भने कार्यक्रम पश्चात् सरसफाइको निमित्त भ्रातृ संगठन समन्वय विभागले समूह बनाएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्