Logo
Logo

घाइते १२ शिक्षकको अवस्था चिन्ताजनक


1.4k
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार प्रहरीसँगको झडपमा घाइते भएकामध्ये झन्डै १२ जना शिक्षक तथा कर्मचारीको अवस्था चिन्ताजनक रहेको बताएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै बानेश्वरमा भएको झडपमा घाइते भएका ६२ जनामध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको जानकारी दिएको होे ।

‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक–कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन्। तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक छ। हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै महासंघले उक्त घटनामा घाइते भएका सबैको उपचारको जिम्मा लिन सरकारसँग माग गरेको छ । काठमाडौंमा निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका शिक्षकहरुको आन्दोलन २६औं दिनमा हिजो आइतबार तनावग्रस्त बनेको थियो । आज पनि उनीहरुको आन्दोलन जारी छ ।

प्रतिक्रिया दिनुहोस्