
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षक आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले गर्नुपर्ने माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत शिक्षकमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाउँँदै घाइते भएकाहरूको उपचारको प्रबन्ध सरकारले गर्नुपर्ने माग राखेका हुन् ।
विभिन्न पेसागत कर्मचारीहरू आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको उनको आरोप छ । फरक प्रसङ्गमा बोल्दै सांसद अर्यालले अगामी आर्थिक वर्षको बजेट बुढीगण्डकी जलविद्युत आयोजनालाई सम्बोधन हुनेगरी आउनुपर्ने बताए ।