
काठमाडौं । नेपाली कांग्रेसका सांसद नागिना यादवले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र सांसद अमरेशकुमार सिंहलाई कांग्रेस सहमहामन्त्रीको छोरा चोरीमा संलग्न रहेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएकी छन् ।
लिङदेनले शुक्रबार प्रतिनिधिसभा बैठकमा भाटभटेनी लुटपाटमा कांग्रेसका सहमहामन्त्रीकै छोरा संलग्न रहेको प्रमाण आफुसँग भएको दाबी गरेका थिए ।
आजको बैठकमा बोल्दै सांसद यादवले आफ्नो पार्टीका नेताको छोरामाथि लगाएको आरोप प्रमाण कांग्रेसका नेता कार्यकर्तालाई दिन माग गरेकी हुन् । उनले थपिन्, ‘यदि त्यो आरोप सही होइन भने उहाँहरूले सदनबाट माफी माग्नुपर्छ ।’