Logo
Logo

प्रदीप ज्ञवाली भन्छन्- शिक्षक आन्दोलनको एजेण्डा सरकार परिवर्तन जस्तो लाग्न थाल्यो


2k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तनका लागि हो कि भन्ने लाग्न थालेको टिप्पणी गरेका छन् । शिक्षक आन्दोलन जटिल र विचलित हुन थालेको औंल्याउँदै उनले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन÷सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेसागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेन्डा लाग्न थालेको छ ।’

उपमहासचिव ज्ञवालीले संविधान बनेपछि माओवादी नेताहरूले नै धेरै शिक्षा मन्त्रालय सम्हालेको समेत स्मरण गराएका छन् । ऐन आजको आजै चाहियो भन्दा नबन्ने जोखिम हुने उनको तर्क छ । ‘विधेयकलाई अन्तिम रूप दिन सांसदहरू रातदिन लागिरहेकै देखिनुहुन्छ । तर आजै चाहियो कि भोलि चाहियो जस्तो हठले उपयुक्त कानुन नबन्ने जोखिम पनि उत्तिकै छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्