
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले शिक्षक आनदोलनमा ऐक्यवद्धता जनाएका छन् ।
सोमबार नेपाल र खनालसहित अन्य नेताहरूसमेत बिजुलीबजार पुगेर चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । तर, सो क्रममा अध्यक्ष नेपाल र खनाल लगायत नेताहरुविरुद्ध शिक्षकहरुले उल्टै नाराबाजनी गरे । उनीहरुले ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै माइकिङ गरेका थिए ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू विगत २७ दिनदेखि माइतीघर– नयाँ बानेश्वर सडकमा प्रदर्शनरत छन् ।